१ सय ३२ औं बर्षमा भेरी, पहिलो पटक बार्षिकोत्सव मनाउँदै

नेपालगन्जमा आज भेरी अस्पतालले आज मंगलबार आफ्नो स्थापना दिवस मनाइरहेको छ । आफ्नो स्थापनाको इतिहासमा सम्भवत आज पहिलो पटक भेरी अस्पताल नेपालगन्जले आफ्नो १ सय ३१ औं बर्ष पूरा गरेको अवसरमा औपचारिक कार्यक्रम गरिरहेको छ । यसअघि अस्पतालले स्थापना दिवसमा औपचारिक कार्यक्रम गरेको दस्तावेज भेटिएको छैन ।


नेपालगन्जको भेरी अस्पताल र काठमाडौंको वीर अस्पताल एकै सालमा स्थापना भएका हुन् । साल निश्चित भएपनि महिना र गते निश्चित नभएकाले वीर अस्पताल स्थापनाकै दिन भेरीले पनि आफ्नो स्थापना दिवस मनाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिएका छन् ।


अस्पतालले आफ्नो स्थापना दिवसका सन्दर्भमा आज रन फर हेल्थको पनि आयोजना गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया