‘जघन्य फौजदारी अपराधमा मिलापत्र गराइँदैन’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जघन्य फौजदारी अपराधमा मिलापत्र नगराइने बताएका छन् । लैंगिक हिंसा नियन्त्रण संजाल बाँकेले हालै सरुवा भई बाँके आएका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी र प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेको स्वागतमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा आयोजना गरिएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गदै प्रहरी उपरिक्षक अधिकारीले यथार्थतामा आधारित भएर मुद्दा दर्ता गरि पीडितलाई न्याय दिलाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
लैंगिक हिंसाको नियन्त्रण, रोकथाम र पीडितको न्यायका लागि आफु सधै सागरिक समाज र संजालमा आवद्ध बिभिन्न संघ सस्थासंग सहकार्य गरेर अगाडी बढ्ने प्रहरी उपरिक्षक अधिकारीले भनाइ राखेका थिए । कार्यक्रममा प्रहरी उपरिक्षक अधिकारीले प्रहरीका काम कारवाहीमा केही गुनासो भए सोझै आफुसंग सम्पर्क गर्न भनेका थिए । एक बर्षका बाँकेमा काम गर्न आएको उल्लेख गर्दै प्रहरी उपरीक्षक अधिकारीले जाने बेलासम्म बाँकेबासीले सम्झन लायक काम गर्न प्रर्यत्न गर्ने बताए ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले प्रहरीले नागरिक समाजसंगको सहकार्यमा अपराध रोकथाम र पीडितको न्यायको पक्षमा काम गर्ने बताए । कानूनको द्वन्द्वमा परेका बालबालिका र महिला तथा बालबालिकाको न्यायको लागी कानूनले निर्धारण गरेको कार्यबिधि अनुरुप कार्य गर्ने प्रतिवद्धता न्यौपानेले गरेका थिए ।

कार्यक्रममा अधिकारकर्मी वसन्त गौतमले प्रहरीका काम कारवाहीहरु कानून सम्मत र मानव अधिकारका मुल्य र मान्यतामा आधारित हुनु पर्नेमा जोड दिए । मानव अधिकारको संरक्षण, सम्बद्र्धन र कानूनी शासनको स्थापना र पीडितको न्यायको लागि प्रहरी र नागरिक समाज हातेमालो गरि कार्य गर्नु पर्नेमा गौतमले जोड दिए । नयाँ सरुवा भई आएका प्रहरी अधिकारीबाट राम्रो काम हुने अपेक्षा राख्दै गौतमले बिदाई भएर जाने बेलामा पनि राम्रो काममा लागी सम्मान गर्ने वातावरण बनोस् भन्ने कामना गरे ।

किशोरी संजालकी पुजा बर्माले बालबालिका र किशोर किरोरीको अधिकार संरक्षणमा नया प्रहरी प्रमुखको भूमिका महत्वपूर्ण अपेक्षा राखेकी थिइन् । पछिल्लो समय साइबर अपराध बढेको उल्लेख गर्दै बर्माले मोबाइल लगायतका सामाजिक संजालको माध्याम बालबालिकाले भागी बिवाह गर्ने क्रम बढेकाले यसको रोकथाममा प्रहरीको बिशेष ध्यान जानु पर्नेमा जोड दिएकी थिइन् ।
स्वागत कार्यक्रममा फेडीकी निर्मला सुनारले बाँकेमा जातीय बिभेदका घटना हुने गरेको भएता पनि पीडितको न्यायमा पहुँच नपुगको बताइन् ।

द्वन्द्व पीडित तथा एकल महिला संजालकी शोभा बिसीले द्वन्द्व पीडितको हक अधिकार र न्यायका लागी प्रहरीको भुमिका सकारात्मक हुनु पर्नेमा जोड दिइन् । नेपालगन्ज उद्योग ब्यापार संघकी बिन्दु चर्ति मगरले ब्यापारिक महिलाले सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउनु पर्नेमा बताइन् । अधिकारकर्मी कमला पन्तले लैंगिक हिंसा रोकथाम र पीडितको न्यायको लागी सबैले हातमालो गरि अगाडी बढ्नु पर्ने बताइन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी सहायक निरिक्षक श्याम कुमारी पाईजा मगरले संचालन गरेको कार्यक्रममा लैंगिक हिसा रोकथाम संजाल बाँकेका पूर्व अध्यक्ष रचना श्रेष्ठ, जागृती महिला सेलकी लक्ष्मी श्रेष्ठ, द्वन्द्व पीडित तथा एकल महिला संजालकी जयन्ती केसी लगायतका वक्ताले लैंगिक हिंसा रोकथाममा बिगतमा झै नया प्रहरी अधिकारकमीहरुको कार्यकालमा आपसी समन्वयात्मक तरिकाले कार्य गर्नु पर्नेमा जोड दिएका थिए ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना र प्रहरी नावय उपरिक्षक सुवास खड्काको सरुवा भएसंगै उनीहरुका ठाउँमा गत हप्ता मात्रै नया प्रहरी बाँके प्रहरी प्रमुखको रुपमा श्याक कृष्ण अधिकारी र प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले कार्यभार सम्हालेका थिए । सरुवा भई आएका प्रहरी अधिकारकर्मीसंग परिचय तथा स्वागतका लागी लैंगिक हिंसा रोकथाम संजाल बा“केले कार्यक्रम राखेको थियो । कार्यक्रमका सहभागीहरुले बाँकेमा अझै पनि विभिन्न रुपमा लैंगिक हिंसाका घटना घट्ने गरेको बताउँदै घटनाको रोकथाम र पीडितको न्यायको लागि प्रहरी र नागरिक समाज बिचको सहकार्यमा जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया