
बाढीले पुर्याएको एकिन क्षतिको तथ्याङ्क संकलन र रणनैतिक योजनाका साथ पैरवी गर्नु पर्नेमा सरोकारवालाको जोड दिएका छन् । लक्ष्मणपुर बाँधका कारण डुवान, कटान र पटानको समस्या झेल्नु परेका पीडितहरुको अवस्था र पछिल्लो स्थितिबारे स्थलगत अध्ययन गर्न पुगेका अधिकारकर्मी र प्रदेशसभा सदस्य कृष्णाकेसी सहित बाढीहरुको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
‘मेरो १२ बिगाह जग्ग्गा राप्ती नदिले कटान गरेको छ,’ लक्ष्मणपुर बाँधका कारण हरेक बर्ष डुवानको समस्या झेल्नु परेको पीडित दुर्गा प्रसाद श्रीवास्तवले अनुगमन पुगेका प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र अधिकारकर्मीको टोलीसंग गुनासो गरे । भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र राप्ती नदिको डुवान कटान र पटानको समस्या झेल्दै आएका श्रीवास्तवले राप्ती नदीको दुवै साईडमा पक्की तटबन्ध बनाउनु पर्ने माग गरे ।
बाढी प्रभावितहरुसंगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बाढी प्रभावितहरुको क्षतिको यकिन तथ्याङ्क संकलन गर्नु पर्ने, तत्कालिन र दिर्घकालिन योजनाका साथ दिगो समाधान खोजिनु पर्ने र ठोस रणनैतिक योजनाका साथ पैरवी गर्नु पर्नेमा जोड दिएका थिए ।
जनता आवास कार्यक्रम अन्तरगत सरकारले राप्ती नदिमा तटबन्ध निर्माण कार्य थालनी गरे पनि पुरा भएको छैन । २०७४ सालमा आएको बाढीले किसानका हजारौ खेती योग्य जमिन बगरमा परिणत बनाएको थियो । बाढीका कारण घरबार बिहिन भई बिस्थापित भएकाहरु अहिले सुकुम्बासीको रुपमा हुलाकी राजमार्गको आसपास गणपति सामुदायिक बन क्षेत्रमा अस्थायी रुपमा बसोवास गरिरहेका छन् । तिन बर्षको लागी अस्थायी रुपमा बसेका झण्डै ५ सय बाढी प्रभावितहरुको अहिलेसम्म उचित ब्यवस्थापन हुन सकेको छैन । कतिले ज्यालामजदुर गरेर जेनतेन जिवन गुजारा गरेका छन् त कति भारतमा मजदुरीका लागी गएको पीडित परिवार बताउछन् ।
लक्ष्मणपुर बाँधका कारण राप्ती क्षेत्रमा नरैनापुर गाउँपालिकाका १,२,३ नं वडाका बिभिन्न गाउँहरु, गंगापुर, मटेहिया, बेतहनी क्षेत्रमा वासिन्दा बाढी प्रभावित हुने गरेका छन् ।
बाढीका कारण धेरैको खाद्य अधिकार हनन भएको छ । उब्जनी जमिन बगरमा परिणत भएकाले यसको दिर्घकालिन समाधन खोज्नु पर्ने प्रदेश सभा सदस्य कृष्णाकेसी नमुनाले बताइन् । लक्ष्मणपुर बाँधले पारेको असर पारे केन्द्रीय सरकारले कुटनितिक पहलबाट समस्या समाधान खोज्नु पर्ने सांसद केसीले बताइन् । बाढीबाट जनधनको क्षति हुन नदिन अल्पकालिन र दिर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिदै प्रदेश सांसद नमुनाले राप्ती नदीमा दुवै तर्फ पक्की तटबन्ध निमार्णका लागि आफु लागि परेको प्रभावितहरुलाई सम्बोधन गर्ने क्रममा बताएकी थिइन् ।
राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज प्रमुख झंङ्कर रावलले बाढी प्रभावितको मानव अधिकार सवालमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको जनाउँदै वास्तविक पीडित र क्षति भएको जग्गाको यकिन तथ्याङ्कले पैरवी गर्न सजिलो हुने भएकाले पीडित र स्थानिय सरकारको समन्वयमा क्षतिको यकिन तथ्याङ्क संकलन गरि पीडितको खाद्य, आवास लगायतका आधारभुत मानव अधिकार संरक्षणका लागि पैरवी गर्नु पर्नेमा जोड दिए ।
बाढी प्रभावितहरु संगको अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी वसन्त गौतमले बाढीपहिलो लगायतका बिपतमा परेका पीडित नागरिकको खाद्य, आवास लगायतका आधारभुत मानव अधिकार संरक्षण गर्नु पर्ने राज्यको दायित्व भएको बताए । बाढीको संभावित जोखिम र त्यसबाट आफ्ना नागरिकलाई जोगाउन समयमै तिनै तहका सरकारले भुमिका खेल्नु पर्नेमा गौतमले जोड दिए ।
फियान नेपालका नेपालगन्ज प्रमुख सुरेश कुमार गौतमले बाढी प्रभावितहरुको खाद्य अधिकारको सवालमा बिगत ९ बर्ष देखि वकालत गर्दै आएको बताए । लक्ष्मणपुर र त्यसले सृजना गरेको बाढीको जोखिम न्यूनिकरण, राप्ती नदीले गरेको कटान, पटान र डुवानको समस्याको दिर्घकालिन अल्पकालिन समस्या समाधान सार्थक पहल हुनु पर्नेमा जोड दिए । फियान नेपाल र स्थानीय पीडितहरुको जागरुकताका कारण धेरै काम भएको उल्लेख गर्दै गौतमले अव स्थानिय सरकारले यस सवाललाई आफ्नो मुद्दा मानी कार्य गर्नु पर्नेमा जोड दिएका थिए ।
बाढी पीडा राजकुमार शुक्ला बाढीका कारण डुडुवा क्षेत्रका १७ सय परिवार प्रभावित भएको जनाउदै सुरक्षित वातावरणमा बस्ने वातावरणका लागी स्थायी तटवन्ध निर्माण गरिनु पर्नेमा जोड दिए ।
लक्ष्मणपुर बाँध र बर्षात्का समयमा राप्ती नदिले हरेक बर्ष डुडुवा, राप्ती सोनारी र नरैनापुरका बासिन्दाले झेल्नु परेका समस्या बुझ्न प्रभावित क्षेत्रमा प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज प्रमुख झंकर रावल, फियान नेपालका नेपालगंज प्रमुख सुरेश कुमार गौतम, अधिकारकर्मी वसन्त गौतम लगायतको टोलीले बुधवार बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरि प्रभावितहरुको पछिल्लो अवस्था बारे जानकारी लिएको थियो ।
यसैबीच बिगत ९ बर्षदेखि लक्ष्मणपुर बाँधबाट पीडित भएकाहरुको पक्षमा खाद्य अधिकारको वकालत गर्दै आएको फियान नेपालले बुधवार फत्तेपुरमा एक कार्यक्रमको आयोजना गरि समुहको सवालबाट बाहिरिने जनाएको छ ।
संस्थाका नेपालगन्ज प्रमुख सुरेश गौतमले लक्ष्मणपुर बाँध र यसबाट बर्षेनी सो क्षेत्रका बासिन्दाले बाढीको समस्या झेर्ने समस्याको उजागर गरि समस्या सम्बोधनको पहल थाल्ने कार्य गर्दै आएकोमा कतिपय सवालहरुको सम्बोधन भएको र कति गर्न बाँकी रहेको भन्दै अब यो सवाललाई स्थानीय सरकारले जिम्मा लिई दिगो रुपमा समस्या सामाधानको पहल लिनु पर्ने बताएका थिए ।
कार्यक्रममा फियान नेपालका कोषाध्यक्ष झवेन्द्र प्रकाश भट्टराईले फियान सबैको सहयोगले बाढी लक्ष्मणपुर बाँधका कारण उत्पन्न गरेको समस्या र बाढी प्रभावितको सवाल स्थापित हुन सकेको भन्दै पीडितको खाद्य अधिकारको सवालमा संयुक्त वकालतको जरुरी रहेको बताए । कार्यक्रममा फियान नेपालका प्रशासन तथा बित्त प्रमुख बिनोद प्रसाद पाण्डे, फियान नेपालका कार्यक्रम अधिकृत प्रकाश नेगीको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष रामलखन थारुले राप्ती नदीको कटान, पटान र डुवानले बर्षोदेखि पीडित बन्दै आएको उल्लेख गर्दै समस्या समस्याको लागि फियान नेपाल, जनप्रीतनिधि र पीडित जनताले गरेको योगदानका कारण राप्ती नदीमा तटवन्ध निर्माण हुने क्रममा रहेको बताए ।
तटबन्ध बनाउदै गरे पनि बिषमपुर क्षेत्रमा तटबन्ध ग्याप भएको हुनाले त्यहाँबाट बाढी पस्ने, जंगलको बाढी गाउँ पस्ने सम्भावना अहिले पनि रहेकोले यसबाट बच्ने उपाय खोजिनु पर्ने बताएका थिए । फियान नेपालले बाढी पीडितको खाद्य अधिकारका सवालमा यतिन्जेल गरेको कार्यको प्रसम्सा गर्दै वडा अध्यक्ष थारुले अब यसको नेतृत्व गर्न स्थानीय सरकार भएको नाताले आफुले गर्ने प्रतिवद्धता जनाएका थिए ।