बैङ्किङ कसुरका फरार फन्दामा

बैङ्किङ कसुर मुद्दामा संलग्न फरार एक जना प्रतिवादी झण्डै दुई वर्षपछि आइतवार पक्राउ परेका छन् ।
बाँके प्रहरीका अनुसार, कैलाली टिकापुर घर भई हाल जिल्ला बाँके नेपालगन्ज १८ कारकांदो बस्ने महेन्द्र लोहारलाई बैङ्किङ कसुर मुद्दामा फरार अवस्थामा पक्राउ गरिएको हो । ३५ वर्षीय लोहरलाई जिल्ला अदालत बाँकेले २०७६ पौष २३ गते ८ दिन कैद र रु.११ लाख पच्चिस हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आइतवार लोहारलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।

प्रतिक्रिया

प्रतिक्रिया