नेपाली कांग्रेसको महाधिवेशनको ‘क्यालेण्डर‘ जारी भईसेकको   तर कांग्रेसजनमा अँझै पनि तोकिएकै मितिमा महाधिवेशन हुन्छ कि हुँदैन भन्ने आशंका भनेकायमै  

पछिल्लो पटक तय भएको तालिका अनुसार श्रावन १२ देखि सबैभन्दा तल्लो तह वडाको अधिवेशन शुरु भएसँगै महाधिवेशनको ढोकाओपचारिक रुपमा खुल्ने छ । त्यसैगरी गाऊँ नगर अधिवेशन १६ गते तय छ । प्रदेश सभा अधिवेशन श्रावन २० मा गर्ने भनिएको छ ।

प्रतिनिधि सभामा एक क्षेत्र मात्र रहेको ठाउँमा श्रावण २३ गते  जिल्ला अधिवेशन र एक भन्दा बढी क्षेत्र रहेको जिल्लामा श्रावन २६,भदौ १र २ गते गर्ने निर्णय कांग्रेसले गरिसकेको छ ।

त्यसैगरी केन्द्रिय अधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा आयोजना गरिने तय छ ।

सभापति शेर बहादुर देउवाले आँफु फेरी सभापतिको आकाङ्क्षी रहेको घोषणा गरिसकेका छन् । सभापति देउवाको आकांक्षासार्वजनिक भएसँगै कांग्रेसमा नेताहरुदेखि कार्यकर्ताहरुबीच तिव्र ध्रुविकरण भईरहेको छ ।

तेह्रौं महाधिवेशनमा पराजित रामचन्द्र पौडेल के गर्छन भन्ने कुरा अँझै स्पष्ट रुपमा आउन सकेको छैन । उतिबेलाका अर्का सभापतिकाउम्मेद्वार कृष्ण सिटौला सायद सभापतिमा उठ्ने छैनन । उनले पहिल्यै भनेका थिए कि-‘म एक पटक मात्रै सभापतिमा लड्छु।’

पार्टी सत्ताको केन्द्रमा रहेको कोईराला परिवार यो पटक नेतृत्व फर्काउने प्रयासमा रहेपनि अँझै एकमत हुन सकेका छैनन । महामन्त्रीडा.शशांक कोईराला,केन्द्रिय सदस्यद्वय डा.शेखर कोईराला र सुजाता कोईराला ३ जना नै सभापतिका आकांक्षि हुन । यी मध्ये डा. शेखर लगातार जिल्ला दौडाहमा हिंडेर सभापतिको तयारी गरीरहेका नेता हुन । महामन्त्री डा.शशांकका लागी संस्थापक नेता कांग्रेसकासदावहार प्राण बी.पी पुत्र हुनुको सुविधा छ । क्यान्सर सन्चो भयो भनेर सभापतिको आकांक्षा गरिरहेक राजनीतिका ‘भेट्रान खेलाडी’ गिरिजा प्रसाद कोईराला पुत्री सुजाता कोईरालाको पनि झिनो आशा छ । उनि महिला नेतृत्व स्थापीत हुनुपर्छ भन्ने नारा लिएर मैदानमाउत्रन सक्ने सम्भावना छ  ।

यो पटक सभापति देउवाको संस्थापन पक्षबाट उप सभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोमालमान श्रेष्ठ रुष्ट देखिन्छन । योविषय सभापति देउवाका लागी चुनौतीको विषय बन्न सक्ने अनुमान गर्न सकिन्छ ।

कांग्रेसको विरासतको राजनीति केलाउँ :

विरासतमा नेतृत्व हत्याउने परम्परा दक्षिण एशियामा नौलो विषय होईन । पाकिस्तान,बंगलादेश,भारत र श्रीलंकामा पनि  विरासतकोराजनीतिबाट नेतृत्व स्थापीत हुने परम्परा हावी 

छ ।

नेपालमा पनि यो संस्कृत खुबै मौलायो । नेपालका विभिन्न राजनीतिक दलहरुमा त्यस्का बाछिट्टा सहजै देख्न सकिन्छ ।

नेपाली कांग्रेस भित्र यो संस्कृतिका जरा गहिराई सम्म पुगेका छन् । यहाँ दलहरुका पारिवारमा एक पीढी देखि अर्को पीढीमा राजनीतिकविरासत सार्ने प्रचलन छ तर पुस्ता हस्ताण्तरणको विषय ओझेलमा पर्छ । उसो त यो राजतन्त्रलाई ‘बिलङ्ग’ गर्ने पद्धति हो । तरलोकतन्त्रमा हरेक सबै ब्यक्ति संविधानको दायरा भित्र रहेर जुनसुकै क्षेत्रमा काम गर्न स्वतन्त्र रहन्छ भन्ने मान्यताले पनि काम गर्छ ।  

विरासतको कुरा नेपाली कांग्रेसका ३ नेताहरुमा विषेशगरी लागुहुन्छ । चौथोमा नेतृी सुजाता माथि पनि । अलिकति डा.शेखर पनि योमापदण्ड भित्र पर्छन । नेता बन्न उनिहरुलाई विरासतले मद्दत गरेको छ ।

यी मध्ये निधि अलिक संघर्ष गरेका नेता मध्येमा पर्छन ।  यहाँ कसैको पक्ष वा विपक्षमा कुरा गर्न खोजिएको होईन,स्पष्ट 

रहौं । यतिबेला कांग्रेस चौधौं महाधिवेशनको संघारमा छ ।

कांग्रेस नेता स्व.महेन्द्रनारायण निधिका छोरा हुन विमलेन्द्र । कांग्रेसको महामन्त्री भईसेका छन र उप सभापति समेत छन् ।

२०३६ सालमा भएको जनकपुरमा सम्पन्न नेपाल विद्यार्थी संघको अधिवेशनमा विमलेन्द्र निधि अध्यक्ष भए ।

मिथिला क्षेत्र जनकपुरमा कांग्रेसका दुई धार २०१७साल देखि अस्तित्वमा थिए। तीमध्ये एउटाको नेतृत्व महेन्द्रनारायण निधिले गर्थे।अर्को समूह बोधप्रसाद उपाध्याय र सरोज कोइराला चलाउँथे ।

उता प्रकाशमान सिंह सर्वमान्य नेता गणेशमान सिंहका पुत्र 

हुन भनिरहनु नै परेन । बाह्रौं महाधिवेशनबाट कोईराला क्याम्पमा लागेका सिंह कांग्रेसको महामन्त्री र उप सभापति पनि भईसकेका छन् ।पटक पटक मन्त्री भईसकेका सिंह आफ्ना पीता  स्व. गणेशमान सिंह जस्तो सत्तासँग दुरीमा रहन सकेनन ।

अर्का नेता शशांक कोईराला त झन काँग्रेसका संस्थापक नेता समाजवादी चिन्तक बी.पी.का सन्तान हुन,ज्ञातव्य छ । कांग्रेसको स्थापनागर्नुमा मात्रै नभई नेपालमा प्रजातन्त्र स्थापना गर्नुमा कोईराला परिवारको योगदान छ । तर शंशाक पार्टी संगठनमा दुःख गरेका वा संघर्षगरेर स्थापीत भएका नेता भने होईनन । यद्दपी लगातार निर्वाचन जित्ने नेता मध्ये सभापति शेरबहादुर देउवा पछी उनै हुन ।

यी तीन जना ‘टिम वर्क’बाट आ आफ्नो समुहमा स्थापीत 

भए । देउवा खेमाबाट कोईराला खेमामा पुगेका सिंहको पकड उपत्यका बाहिर उति देखिदैन । त्यसैगरी निधिको पनि संगठनमा पकडब्यक्तिगत उति रहन सकेन । कोईरालाका हकमा भने देउवा इतरको संगठनले पाउने साथ सहित ‘शंकाको सुविधा’ सहित शशांकसंगठनमा यी ३ मध्ये बढी ओजनदार देखिन्छन ।

तर कांग्रेस नेताहरुले  विधि र प्रक्रियालाई मजवुत बनाउनुको साटो ब्यक्ति बलियो हुने प्रक्रियालाई प्रोत्साहन गर्दा कांग्रेसमा संस्थागतरुपमा भन्दा ब्यक्ति बलियो हुने परीपाटीको विकास भयो । ग्रुपीजमको निहित 

प्रतिक्रिया

प्रतिक्रिया