मोबाइलले बालबालिकाहरुको आँखामा पार्ने असरहरु र त्यसको समाधान

 ग्याजेटहरुको प्रयोगले बच्चाहरुमा मानसिक असर पनि पारिरहेको हुन्छ। बिभिन्न खेलहरु जस्तै पब्जीको लतले आक्रमकतामा बृद्धि, चिन्ता तथा डिप्रेसन पनि हुने गर्दछ। भाईरल हुने नाममा असामाजिक क्रियाकलाप पनि गर्ने गर्दछन। सेल्फि लिने क्रममा दुर्घटना भइ कति बालबालिकाको मृत्यु समेत हुने गर्दछ।

बिगत एक दशकमा सञ्चार प्रबिधिले उल्लेखनीय फड्को मारेको छ। प्रत्येक मानिसको हात हातमा मोबाइल र घर घरमा ईन्टरनेटको उपलब्धता छ। मोबाइल त ईन्टरनेट त मानिसको अभिन्न अङ्ग जस्तै भैसकेका छन्। मानिसहरुलाई एक आपसमा जोडेका छन् तर नजानिदो किसिमले यसको लत साथसाथै दुरुपयोग पनि उत्तिकै बढिरहेको छ। बिशेषगरी स्कूल पढ्ने उमेरका बच्चाहरु यसको लतबाट बढि प्रभावित छन्। मोबाईल हेरेर मात्र खाना खाने, सुत्ने बेलामा पनि मोबाइल खेलाउने देखि मोबाईलमै खेल खेल्ने, पढ्ने गर्नाले घर बाहिरीको क्रियाकलापहरु जस्तै बाहिरी मैदानमा साथीहरुसंग खेल्ने खेलहरु संकूचित भएका छन्।


अझै २०७७ चैत्रदेखि भएको लकडाउनले पठनपाठन बन्द भएदेखि घरै बस्ने बानीले मोबाईलको लत बढेको छ। झन स्कूलहरुले अनलाईन क्लास शुरु गरेपछि दिनभरीनै मोबाईल, ल्यापटपको प्रयोग बढ्नाले उनीहरुमा अनेकन् बिशेषगरी आँखा सम्बन्धित नकरात्मक असरहरु देखिईरहेको छन्।
बालबालिकाहरु यी ग्याजेटहरु नजिकबाट प्रयोग गर्ने गर्दछन जसले गर्दा उनीहरुमा आँखा सुख्खा हुने, निद्रा नपर्ने साथै अदुर दृष्टि (टाढाको कम देख्ने) समस्याहरु देखा पर्दछन्। नजिकबाट ग्याजेटहरुको स्क्रिन लामो समयसम्म हेरिरहदाँ आँखाको झिम्कने दरमा कमी आउँदछ। हाम्रो आँखा सामान्यतया प्रति मिनेट १४/१८ पटकसम्म झिम्कने गर्दछ जसले आँशुको उत्पादनमा सहयोग गर्छ र आँखालाई भिजाएर सुख्खा हुनबाट बचाउछ। ग्याजेटको लामो समयसम्मको प्रयोगले कम झिम्कदा आँशुको उत्पादनमा कमी हुनगई आँखा सुख्खा हुन्छ। आँखा सुख्खा भएमा आँखा रातो हुने, दुख्ने, थाक्ने, बालुवा परे जस्तो गरि बिझाउने, पोल्ने, बिशेष गरि बिहान हावामा आँशु खस्ने, उज्यालोमा हेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिन्छन।

बाहिरी क्रियाकलापको कमीले हाम्रो आँखामा प्राकृतिक रंगहरु र प्रकासको कमी हुन जान्छ। बाहिरी प्रकासको सहयोगले आँखामा डोपामिन नामक रसायन उत्पन्न हुन्छ जसले दृष्टिको बिकासमा सहयोग गर्दछ। यी क्रियाकलापको कमीले दृष्टिको बिकासमा असर गर्दछ।लामो समयसम्म नजिक हेरेर काम गर्ने, पढ्ने र बाहिरी क्रियाकलापको कमी हुने बच्चाहरुमा अदुर दृष्टि (Myopia) बढ्ने कुरा बिभिन्न शोधहरुले देखाएका छन।


बाहिरी क्रियाकलापको कमीले हाम्रो आँखामा प्राकृतिक रंगहरु र प्रकासको कमी हुन जान्छ। बाहिरी प्रकासको सहयोगले आँखामा डोपामिन नामक रसायन उत्पन्न हुन्छ जसले दृष्टिको बिकासमा सहयोग गर्दछ। यी क्रियाकलापको कमीले दृष्टिको बिकासमा असर गर्दछ।लामो समयसम्म नजिक हेरेर काम गर्ने, पढ्ने र बाहिरी क्रियाकलापको कमी हुने बच्चाहरुमा अदुर दृष्टि (Myopia) बढ्ने कुरा बिभिन्न शोधहरुले देखाएका छन।
यी ग्याजेटहरुको बढ्दो प्रयोगले बच्चाहरुको निद्रामा समेत असर पुर्‌याउँछ। समयमा नसुत्ने, राती निद्रा नपुगि बिच बिचमा बिउँझने, बिहान समयमा नउठ्ने जस्ता समस्याहरु देखा पर्दछन। यी ग्याजेटहरुबाट निलो प्रकास निस्कन्छ।यो निलो प्रकासले निद्रा लगाउने मेलाटोनिन भन्ने रसायनको तह घटाईदिन्छ र निद्रा लाग्न दिंदैन। समयमा निद्रा परेन भने भोली स्कूलमा पढ्ने बेलामा निद्रा लाग्ने, पढाईमा ध्यान नजाने, शरीर थाकेको जस्तो हुने, आँखा पोल्ने जस्ता समस्याहरु देखा पर्दछन।
ग्याजेटहरुको प्रयोगले बच्चाहरुमा मानसिक असर पनि पारिरहेको हुन्छ। बिभिन्न खेलहरु जस्तै पब्जीको लतले आक्रमकतामा बृद्धि, चिन्ता तथा डिप्रेसन पनि हुने गर्दछ। भाईरल हुने नाममा असामाजिक क्रियाकलाप पनि गर्ने गर्दछन। सेल्फि लिने क्रममा दुर्घटना भइ कति बालबालिकाको मृत्यु समेत हुने गर्दछ।
मोबाईल लगायत ग्याजेटहरुबाट सिर्जित यति धेरै समस्याहरुबाट बच्चाहरुको आँखा बचाउनु पर्ने आबश्यकता प्रत्येक अभिबावकले महसुस गरेका छन। समस्याका समाधानहरु निन्न रुपमा उल्लेख गरिएका छन।
– खाना खाने बेलामा र सुत्नु भन्दा २ घण्टा अघिदेखिनै मोबाईल प्रयोग गर्न नदिने।
– घरका अन्य सदस्यहरुले बच्चाहरुको अगाडी मोबाईलको प्रयोग नगर्ने वा कम गर्ने।
– बच्चाहरुसंग सकेसम्म बढि अन्तर्क्रिया गर्ने।
– बाहिरी क्रियाकलापहरुमा प्रोत्साहन गर्ने।
– पढ्ने कोठामा पर्याप्त मात्रामा प्राकृतिक उज्यालोको उपलब्धताको सुनिश्चित गर्ने।
– प्राकृतिक उज्यालो नआउने भई मधुरो छ भने बरु बिजुली बत्तिले उज्यालो बनाउने, पढ्दा सिधै आँखामा प्रकास नपर्ने गरी बत्ति राख्ने।
– अनलाईन क्लासमा मोबाइल, ल्यापटप प्रयोग गर्दा प्रत्येक २० मिनेटमा २० सेकेण्ड आराम गरी २० फिट ९३ मिटर० टाढा हेर्ने।
– मोबाइल हेर्दा पावर बिनाकै भएपनि निलो प्रकासलाई छेक्ने “ब्लु कट” चश्मा प्रयोग गर्ने, ल्यापटप, डेक्सटपको स्क्रिनमा स्क्रिन गार्ड प्रयोग गर्ने।
– ग्याजेटहरुमा अनलाईन वा अफलाईन खेलहरु खेल्न निषेध गर्ने।
– अमेरिकन बाल-चिकित्सक संगठन (American Academy of Paediatrics) ले उमेर समुह अनुसार कति स्क्रिन समय दिने भन्ने बारे निर्धारण गरेको छ जसनुसार १८ महिना भन्दा कम उमेरका बच्चाहरुलाई स्क्रिनबाट टाढै राख्नुपर्दछ। डेढ देखि २बर्षसम्मको लागि दैनिक १ घण्टा भन्दा कम, २ देखि ५ बर्षसम्मको लागि दैनिक १ घण्टा, ६ देखि १२ बर्षसम्मको लागि दैनिक डेढ घण्टासम्म र १२ बर्षदेखि माथिका बालबालिकाहरुको लागिदैनिक २ घण्टासम्म स्क्रिन समय निर्धारण गरेको छ। यहि समय अनुसार स्क्रिन समय सिमित गर्ने। स्कूलहरुले पनि त्यहि अनुसार अनलाईन क्लास निर्धारण गर्ने। ( डा. भारती आँखा तथा अकुलोप्लाष्टि बिशेषज्ञका रुपमा फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा कार्यरत छन् । )

प्रतिक्रिया

प्रतिक्रिया