
बाँकेमा दोश्रो चरणको कोरोना संक्रमण उच्च दरमा बढ्न थालेसंगै कतै आफै संक्रमित भईने त होईन भन्ने मनमा परेको थियो । तै पनि पहिलो चरणमा केहि भएन दोश्रोमा पनि केहि हुदैन भन्ने लागेर नियमित काममा लागियो । दोश्रो चरणको कोरोना संक्रमण बढेसंगै सर्जिकल सामाग्रीको मुल्य बृद्धि, कोरोना संक्रमितलाई लगाईने रेम्डिसिभिर खोपका कालो बजारी लगायतका दैनिक उपभोग्य बस्तुको मुल्य बुद्धि र अनुचित ब्यापारिक क्रियाकलाप भएको भनी उपभोक्ताबाट गुनासो आए पछि सरकारी र स्थानीय तहसंगको समन्वयमा बजार अनुगमनको कार्यलाई तिब्रता दिइयो । कोरोना संक्रमण फैलिने उच्च जोखिमकै बिच भिडभाडमा नियमित बजार अनुगमन गरियो ।
कोरोना संक्रमण उच्च दरमा बढेसंगै बाँके कोरोनाको हट स्पट बनेको थियो । हरेक दिन मृत्युका खवर सुन्नु पर्दथ्यो । दैनिक औसत १५ जनाका दरले कोरोना सक्रमित बिरामी मृत्युको खवर सुन्नु पथ्र्यो । अक्सिजनको अभाव, बेड नपाएर बिरामी अलपत्र, बेड भएर पनि अक्सिजनको अभावमा बेड संचालन हुन नसकको, कोरोना जस्ता बिषयले नागरिकको जिवन र स्वास्थ्यको अधिकार गंभिर संकटमा परेको तथ्य बिषयगत अनुगमनका क्रममा पाईयो ।
कोरोना कहरले आम नागरिकका साथै कारागारमा रहेका कैदी बन्दी, हिरासतमा रहेका थुनुवा र बालसुधार गृहमा रहेका बालकहरु पनि प्रभावित भए । सबै थुना केन्द्रमा क्षमता भन्दा बढी थुनुवाहरु हुदा कोरोना महामारीमा उनीहरु त्रासमा रहे । साँघुरा कोठामा कोचाकोच भएर बस्नु पर्ने कोठा संगै जाडिएका शौचालयबाट आउने गन्ध अनि एकआपसको स्वासप्रश्वासले उनीहरु सताउने गर्दथ्यो । खासमा भन्नु पर्दा थुनुवाकैदी बन्दी र बालसुधार गृहमा रहेका बालकहरुको आधारभुत मानव अधिकार उपभोगमा कोरोना कहरले असर पारेको थियो ।
कोरोना कहरले अन्य क्षेत्रलाई जस्तै शिक्षा क्षेत्र पनि प्रभावित पारेको थियो । बैकल्पीक शिक्षा भने त्यसमा सबैको पहुँच नपुग्ने र सरकारी बिद्यालयमा पढ्ने ग्रामिण भेगमा बसोवास गर्ने इन्टरनेटको सुबिधा नभएका बालबालिकाहरु झनै शिक्षाको अधिकारबाट बन्चित हुन पुगे । बैकल्पीक शिक्षा शिकाई भनीए पनि सबै बिद्यालयले त्यसलाई प्रभावकारी रुपमा संचालन गर्न बिद्यार्थीको पढाई नराम्ररी बिग्रियो । त्यस माथी निजि शैक्षिक सस्थाहरुले अनलाईन शिक्षाका नाममा यातायात, कम्युटर समेतको अतिरिक्त शुल्क समेत जोडी बढी शुल्क लिदा अभिभावक झन मारका परेका छन् ।
कोरोना कहरले अन्य समुदायलाई जस्तै द्धन्द्ध पीडितहरुलाई पनि बढी नै प्रभावित पा¥यो । नियमित औषधी खाने, दिर्घ रोगी र दैनिक ज्यालादारीमा गरि खाने र सिमान्तकृत समुदायका पीडितहरु बढी नै प्रभावित बने ।
बाँकेमा दोश्रो चरणको कारानो संक्रमण बढ्दै गर्दाका अवस्थामा पिसिआर परिक्षण समुदाय स्तरसम्म नपुग्दा लक्षण भएर पनि समुदायका सिमान्तकृत र द्धन्द्ध पीडितहरुसम्म परिक्षणको पहुच पुग्न सकेन । कतिपय पीडितहरुले अस्पतालमा बेड पाईन्न, अक्सिसजन पाईन्न भने लागेर परिवारका सबै सदस्यलाई ज्वरो खोकी आएको अवस्थामा पनि हाई डोजको एन्टीबायोटिक औषधी खाएर बसेको पनि देखियो । यसै गरि भेरी र मेडिकल कलेजमा कोरोना संक्रमित बिरामी छन् भनेर गर्भवती महिलाहरु घरमै बस्ने र अन्तिम अवस्था भए पछि मात्र अस्पताल आउनाले कति गर्भवती महिला बच्चाको मृत्यु समेत हुन पुग्यो ।
यसै गरि सरकारले होम आईसोलेनलाई प्राथमिकता दिदा बिरामीहरु अन्तिम अवस्थाससम्म घरमै बस्ने र अन्तिममा अस्पतालमा जादा बाटैमा मृत्यु हुने बेड नपाउने समस्याले भर्ना हुन नपाई मृत्युबरण गरेका घटनाहरु पनि देखिए । यसरी बाँकेमा कोरोना संक्रमणको दर बढ्दै गर्दा आम नागरिकका आधारभुत मानव अधिकार उपभोेगको अवस्था बुझ्न दैनिक जसो अनुगमनका लागी बाँकेका बिभिन्न आईसोलेन केन्द्र, कोभिड अस्पताल, अक्सीजन उत्पादन केन्द्र लगायतका सम्बन्धित स्थानमा स्थलगत अनुगमन गरियो । अनुगमनका क्रममा कोरोना संक्रमणका कारण आमनागरिकको जिवन, स्वास्थ्य लगायतका आधारभुत मानवअधिकारमा उपभोगमा गंभिर असर पारेको देखियो ।
राम्रो कुरा बाकेका हरेक स्थानिय तहले अक्सिसजन सहितको आइसोलेसन केन्द्र र नेपालगंज कोहलपुर र खजुराले अस्थायी कोभिड अस्पताल समेत स्थापना गरेका थिए । प्रहरी प्रशासन, स्वास्थ्यकर्मीहरु रातदिन नभनी कोरोना संक्रमण र नियन्त्रण र उपचारमा लागी रहेका थिए । तर पनि बिभिन्न कारणले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार प्रभावकारी बन्न सकिरहेको थिएन । कोरोना संक्रमित बिरामीलाई सेवा दिने भनेर स्थापना गरेका आईसोलेन र अस्थायी कोभिड अस्पताल मापदण्ड अनुसारका थिएनन । अक्सिसजन दिएर राखेका कतिपय आईसोलेसन केन्द्रमा डाक्टरको निगरानी थिएन । सामान्य स्वास्थ्यकर्मीका भरमा त्यहाँ पनि सिकिस्त कोरोना संक्रमित राखिएका थिए । धेरै आईसोलेन केन्द्र सामान्य स्वास्थ्यकर्मीको भरमा चलेका थिए । बिरामीलाई सिलिण्डरका अक्सिजनको भरमा राखिएको थियो । स्थानिय तहका आईसोलेसन केन्द्रमा शौचालय र ससरसफाईमा त्यति ध्यान दिईएको देखिएन ।
उपचारमा लापरवाही भएको भन्दै २०७८ जेष्ठ १३ गते राती भेरी अस्पतालमा बिरामीका आफन्तले स्वास्थ्यकर्मी र अस्पतालमा तोडफोड गरेका थिए । स्वास्थ्यकर्मीको सुरक्षा र पीडितका कारवाहीका लागी स्वास्थ्यकर्मीहरुले एक साता सम्म निरन्तर आन्दोलन गरे । जिल्ला प्रशासन कार्यालय बाकेले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्सिय छानविन समिति गठन गर्यो । समितिले बुझाएको प्रतिवेदनमा आवेशमा आएर घटना भएको भन्ने आशय उल्लेख गरिएको भन्दै स्वास्थ्यकर्मीहरुले बिरोध जनाए । सरकार जेष्ठ २३ गते स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षा सम्बन्धि अध्यादेश जारी गरे पछि आन्दोलन रोकिएको थियो । घटनामा संलग्नता आरोपमा ३ जना ज्यान मार्ने उद्योग र अपराधिक अपद्रव अन्तरगत मुद्धामा बाँके जिल्ला अदालतले गत असार ६ गते घटनाका ३ जना अभियुक्तलाई जनही ५० हजार धेरौटीमा छाड्ने थुनछेक आद्ेश गरेको छ ।
बाकेमा दोश्रो चरणको कोरोना संक्रमण बढे पछि अन्य क्षेत्र जस्तै अदालती काम कारवाहीहरु पनि प्रभावित बने । बाकेमा जिल्ला प्रशासन कार्यालयले २०७८ बैशाख ९ गते देखि लकडाउन सूरु ग¥यो भने ऐ १३ गते देखि जारी निषेधाज्ञा केही खुकुलो बनाइ २०७८ असार १४ गतेसम्म कायम राखिएको छ । लकडाउन र निषेधाज्ञा जारी भए पछि बाके जिल्ला अदालत र उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले बार बेन्चको बैठक बोलाई अत्यावश्यकिय सेवाबाहेक अन्य सेवाबन्द गरे । जसका कारण न्यायका उपभोक्तालाई असर पर्न गयो । जारी निषेधाज्ञाले मुद्धाको सुनुवाई लम्बीएको छ । न्याय पाउने आशामा अदालत धाएका ब्यक्तिहरुको कहिले न्याय पाउने हो भन्नेमा पीडितलाई अन्योलता छाएको छ । थुनामा रहेका कति थुनुवाहरु कहिले छुट्न पाईने हो भनेर कुरेर बसेका छन् । अन्यायमा परेका ब्यक्तिहरु कतिले न्याय पाईने हो भनेर पर्खेर बसेका छन् । पछिल्लो समय बाकेमा कोरोना संक्रमण केही घटे पछि जिल्ला र उच्च अदालतले सेवा बिस्तार गरेका छन् ।
कोरोना आईसोलेनमा १४ दिन
कोरोनाबाट बच्न सावधानी अपनाउदा अपनाउदै आफै दोश्रो पटक कोरोना संक्रमणकोे शिकार भईयो । कहिलेकाही शरिर दुख्ने टाउको दुख्ने भए पनि कामको थकानले होला भनेर वास्ता गरेको थिईन । यसै क्रममा ०७८ जेष्ठ ११ गते भेरी अस्पतालमा कार्यरत श्रीमती बसुन्धरा ज्ञवालीलाई टाउको दुख्ने, हातखुट्टा दुख्ने भएपछि पिसिआर परिक्षण गराईन । रिपोर्ट पोजिटिव आयो । उनको रिपोर्ट आएकै दिन मलाई पनि अध्यायै टाउको दुख्यो । जेष्ठ १३ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गराउन दिए ।
भेरी अस्पतालमा जेष्ठ १३ गते राती स्वास्थ्यकर्मी र अस्पताल माथी आक्रमणको घटना भयो । आक्रमणको घटना र स्वास्थ्यकर्मीको आन्दोलनका कारण रिपोर्ट आउन २ दिन लाग्यो । जेठको १५ गते दिउँसोे ल्यापटपमा काम गर्दै गर्दा मोवाईलमा म्यासेज आएको घण्टी बज्यो । हेर्दा कोरोना पोजेटिव भएको म्यासेज रहेछ । म्यासेज हेरे पछि जिउँ सिरिङ भयो । कता कता डर लागे जस्तो भयो । तर परिवारसाथै भए पनि केही नबोली मन सम्हाले । केही बेर अघि सम्म केही नभएको मलाई कोरोना संक्रमण भएको म्यासेज पढे पछि छातीदुखे जस्तो, टाउको दुखे जस्तो भयो । तै पनि फेसबुक हेर्ने भन्दा पनि किताव लेखपढ गर्ने दिमाग अन्यत्र लगाउने, काममा ब्यस्त राख्ने प्रर्यास गरे ।
दोश्रो दिन छाती दुखे जस्तो भएर एक्सरे गर्दा हल्का दागी देखिए पछि भने केही डर लागे जस्तो भयो । छाती, हातखुट्टा दुखे जस्तो भयो । डाक्टरको सल्लाह अनुसार अर्को दिन सिटिक्यान गरे पछि सामान्य रिपोर्ट आए पछि बल्ल् ढुक्क भयो ।
मैले अनुभव गरेको कोरोना जित्नका एक त आत्म बिश्वास नै बलियो बनाउनु पर्दो रहेछ । कोरोना संक्रमित हुदा जतिबेला पनि सामाजिक संजाल फेसबुक चलाउने भन्दा, सुतीरहने, झोक्¥याउने गर्नु भन्दा पनि सकेसम्म जिवन उपयोगी ज्ञानबद्धत पुस्तक पढ्ने, लेख्ने सकारात्मक सोचको बिकाश गर्ने, परिवारका सदस्यसंग कुराकानी गर्ने, ब्यायाम गर्ने गरेमा समय ब्यतित गर्न सजिलो हुदो रहेछ । मैले कोरोना संक्रमण भएर आईसोलेनमा बस्दा पनि आफुले कोठाबाट गर्ने सबै नियमित कामहरुलाई निरन्तरता दिए । जुम मार्फत बैठकहरुमा सहभागी भए, रेडियोमा अन्तरवार्ता कार्यक्रम चलाए, पत्रिकाका लागी समाचार र लेख लेखे । फोन मार्फत मानव अधिकारका सवालमा सरोकारवालासंग बुझ्ने र रिपोटिङ गर्ने कार्य गरे ।
पहिलो चरणको कोरोना लागेको अन्टिवडि चेक गरे पछि थाहा पाएको थिए । केही लक्षण नभएकाले वास्तै गरिन । दोश्रो चरनमा पनि कोरोना बिरुद्धको खोप लगाएका कारण कोरोना हुदैन कि भन्ने लागेको थियो तर लाग्यो । खोप लगाएकै कारण होला अरुलाई जस्तो मलाई र मेरी श्रीमतीलाई कोरोनाले त्यति सताएन । यसको आधारमा सरकारलाई म के अनुरोध गर्न चाहान्छु भने अव कोरोना संक्रमणबाट बच्ने सवभन्दा भरपर्दो उपाय कोरोना बिरुद्धको खोप नै हो । अनुदारबाट हुन्छ वा खरिद प्रक्रिया जसरी हुन्छ सबै नागरिकलाई राज्यले कोरोना बिरुद्धको खोप लगाउने ब्यवस्था मिलाउनु पर्दछ ।
अन्तमा सरकारले आम नागरिकको जिवन, स्वास्थ्य लगायतका आधारभुत मानव अधिकारको संरक्षणका लागी सबै नेपाली नागरिकलाई कोरोना बिरुद्धको खोपको ब्यवस्था मिलाउन जरुरी छ । यसै गरि नोबेल कोरोना भाईरस (कोभिड—१९) को संक्रमण नियन्त्रण, रोकथाम र प्रभावकारी उपचारको प्रवन्ध र प्रर्याप्त पुर्व तयारी नगर्ने हो भने तेश्रो चरणको संक्रमणले अझ बढी जनधनको क्षति ब्यहोर्नु पर्ने कुरालाई मध्यनजर राखी प्रयाप्त मात्रामा दक्ष स्वास्थ्यकर्मी तथा जनशक्तिको व्यवस्था गरि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न गराउनका लागि प्रयाप्त मात्रामा कोभिड वेड, भेन्टिलेटर, आईसियु, अक्सिजन लगायतका आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन पनि उत्तिकै जरुरी छ ।
ड्ड लेखक अधिकारकर्मी हुन ।