स्वास्थ्यकर्मी आक्रमणमा संलग्न धरौटीमा रिहा

आफन्तको निधनपछि आक्रोशित भइ स्वास्थ्यकर्मी माथि आक्रमण गर्नेहरुलाई बाँके जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशपछि आरोपित तीनैजना जनही ५० हजार धरौटी बुझाएर रिहा भएका छन् ।


गत जेठ १३ गते राती भेरी अस्पतालमा उपचारार्थ भर्ना तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै उनका भाई, छोराले आक्रोशित हँुदै अस्पतालमा तोडफोडसँगै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । घटना लगत्तै पुगेको प्रहरीले आक्रमणमा संलग्न मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरेको थियो । अस्पतालका डाक्टर र नर्सहरू आक्रमणको विरोधमा आन्दोलनमा उत्रिएपछि उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गराएको थियो ।


बाँके जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टले तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको जानकारी दिए । उघटना लगत्तै पक्राउ परेका उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
मुद्दाको सुनुवाइ गर्दै बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५०÷५० हजार धरौटीमा छोड्न आदेश दिएको हो । आइतवार भएको थुनछेक सम्बन्धि बहसपछि न्यायाधीश अधिकारीले दिएको आदेशअघि सरकारी वकिलसहित अधिवक्ता विश्वजीत तिवारीले पक्षमा र अधिवक्ता टिकाजंग सिंह, प्रहलाद बहादुर कार्की, पदम पाण्डे लगायतले विपक्षमा दलील राखेका थिए ।


घटनालाई लिएर बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको संयोजकत्वमा गठित ७ सदस्यीय छानविन समितिले नियोजित नभै आवेशमा आाएर आक्रमण भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो । कानुनको अभावले दोषीहरुलाई उन्मुक्ति हुनेभन्दै नेपाल चिकित्सक संघको अगुवाई भएको आन्दोलनपछि स्वास्थ्यकर्मी सुरक्षासम्बन्धि कानुननै बनाइएको छ ।

अस्पतालको मूलद्वार दिनहुँ प्रदर्शन (तस्विर सहित)

प्रतिक्रिया

प्रतिक्रिया