उच्च अदालत तुल्सीपुर नेपालगंजमा भचुअल बहश सुरु भएको छ । उच्च अदालत तुल्सीपुर नेपालगंज. इजलासले कानून ब्यवशायीले भर्जुअल बहश गर्ने ब्यवस्था मिलाईएको हो । कोरोना संक्रमणलाई मध्यनजर राख्दै अदालतबाट २०७८ असार ४ गते सुक्रवार देखि नै सुनुवाई मुद्धामा भर्जुअल (भिडियो कन्फ्रेसिङ्ग) प्रणालीका माध्यमबाट कानूनब्यवशायीले बहश गर्ने ब्यवस्था मिलाएको रजिष्ट्रार चिन्तामणी शर्माले जानकारी दिए । यस क्रममा अधिवक्ता लोक बहादुर शाहले २ वटा मुद्धाको अचुअल बहश गरेका थिए । (श्रव्य दृश्य संवादका लागि उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासमा ३ ओटा ईजलासलाई प्रविधि मैत्री बनाईएको जनाइएको छ । नवा अलि बेडुवा प्रतिवादी भएको ज्यान सम्बन्धी कसुर र मेतहताव आलमको अपहरण मुद्धाको ७३ नं को निवेदन सुनुवाई भएको ।
बिश्ब्यापीमहामारीको रुपमा फैलिरहेको कोरानाभाइरस कोभिड १९ रोगथाम एवं न्यूनिकरण जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको निषेधाज्ञाका कारण संकुचित बनेको अदालती काम कारवाही पनि अव केहि खुकुलो पार्दै थप मुद्धाको सुनुवाई हुने अदालतले जनाएको छ ।
कोरोना संक्रमणका कारण सेवामा संकुचन गरेको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले असार २ गतेबाट सेवा बिस्तार गर्न लागेको जनाएको छ । बाँके जिल्ला अदालतले पनि संकुचित सेवालाई असार ६ गतेबाट बिस्तार गर्ने जनाएको छ । बाके जिल्ला अदालतले संकुचित सेवालाई केही बिस्तार गरेको छ । वाके जिल्ला अदालतमा फैससला, लिखतको नक्कल दिन शुरु गरेको छ । आगामी असार ६ गतेवाट जिल्ला अदालत बाकेमा थुनुवाको मुद्दाको सुुनुवाई हुने अदालतले जनाएको छ ।