बाढीजन्य विपद् तथा प्रतिकार्य पूर्वतयारीमा अधिकारकर्मीको चासो

बाढीजन्य विपद तथा प्रतिकार्य पूर्वतयारीको अवस्था बारे बुझन अधिकारकर्मीको एक टोली राप्ती सोनारी गाउँपालिकाको बिभिन्न स्थानको अनुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज शाखा प्रमुख झंङ्कर बहादुर रावल, अधिकृत दया पाठक, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत र एडभोकेसी फोरमका संयोजक अधिवक्ता वसन्त गौतमको टोलीले शुक्रवार राप्ती सोनारीका बिभिन्न स्थानको स्थलगत अनुगमन गर्नुका साथै प्रतिकार्य पूर्वतयारीको अवस्था र पालिकाको कार्ययोजना बारे जनप्रतिनिधिहरुसंग छलफल गरेको थियो । यस क्रममा अनुगमन टोलीले राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्री, ४ नं वडा अध्यक्ष कान्छा थारु र पालिकाका प्रशासकिय अधिकृत लोक बहादुर शाही लगायतका पदाधिकारीसंग छलफल गरेको जनाएको छ । छलफलका क्रममा पालिकाका पदाधिकारी र प्रशासकिय अधिकृतले राप्ती सोनारी गाउँपालिकाले बाढीजन्य बिपद पुर्व तयारी तथा प्रतिकार्य योजनामा बनाएको जानकारी दिए । यस क्रममा संभावित बाढीजन्य प्रभावित स्थानको पहिचान गर्ने, सुचना प्रणालीलाई ब्यवस्थित बनाउने र उद्धार सामाग्री जोहो गर्ने, आवश्यकता अनुसार उद्धार र पुनस्थापना गर्ने लगायतका बिषयलाई समेटिएको पालिकाका प्रशासकिय अधिकृत लोक बहादुर शाहीले जानकारी दिए ।

असार लागेसगै देशका बिभिन्न भागमा बाढीजन्य विपदका कारण ठुलो जनधनको क्षति भएसंगै बाँकेमा पनि त्यसले पार्न सक्ने असर र प्रतिकार्य पुर्वतयारीको अवस्था बारे बुझ्न अधिकारकर्मीको टोलीले स्थलगत भ्रमण गरेको राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज शाखा प्रमुख झंङ्कर बहादुर रावलले जानकारी दिए ।

यस क्रममा अनुगमन टोलीले बाढीजन्य बिपदबाट बच्न पालिकाको पुर्व तयारी र प्रतिकार्य योजना, संभावित बाढी प्रभावित क्षेत्र, बिपत ब्यवस्थापन, उद्धार र राहत लगायतका सवालमा पालिका पदाधिकारीसंग छलफल गरिएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिए ।

बर्षात सुरुवात भएसंगै राप्ती नदिमा आउने बाढीले बर्षेनी ठुलो मात्रामा जनधनको क्षति पुराउने गरेको र बर्खा लागेसंगै देशका बिभिन्न भागमा बाढी पहिरोले धनजनको क्षति पु¥याईरहेको सम्बन्धमा धनजनको क्षति कम गर्न बाढीजन्य बिपद पुर्व तयारी तथा प्रतिकार्य योजनाको महत्वपुर्ण भुमिका रहने भएकाले अवस्था बुझि समयमै सरोकारवालाको ध्यानाकर्षण गराउने उदेश्यले स्थलगत अनुगमन गरिएको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।

अधिकारकर्मीको टोलीले स्थलगत अनुगमन पश्चात जिल्ला प्रशासन कार्यालय बाँकेले बाढीजन्य बिपद् पूर्वतयारी तथा प्रतिकार्यका योजनाका बिषयमा बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायसंग चासो राखेको थियो । यस क्रममा सहायक प्रजिअ उपाध्यायले जिल्ला बिपत ब्यवस्थापन समितिको बैठक बसी पुर्व तयारी र कार्ययोजना बनाएको जानकारी दिएको राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज प्रमुख झङ्कर बहादुर रावलले बताए । अधिकारकर्मीले बाढीजन्य बिपद् पूर्वतयारी तथा प्रतिकार्यका योजनाका बारेमा बाँके, बर्दिया जिल्लाका बिभिन्न स्थानको अनुगमन गर्ने र पूर्वतयारी तथा प्रतिकार्यका योजनाकालाई प्रभावकारी बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराईने रावलले बताए ।

बाढीजन्य बिपद् पूर्वतयारी तथा प्रतिकार्यका लागी पालिकाले वडा नं १ देखि ८ का राप्ती नदिबाट कटान, पटान र डुवान हुने क्षेत्रहरुको पहिचान गर्ने, सबै वडामा सुचना सम्प्रेषणका लागी वडा अध्यक्षलाई सम्पर्क ब्यक्ति तोक्ने, बाढीको पुर्वसुचना प्रणालीलाई प्रभावकारी बनाउने र सरोकारवाला निकायसंगको समन्वय र सहकार्यमा प्रतिकार्यात्मक कार्य गर्ने निर्णय पालिकाले गरेको जनाएको छ ।
यसै बिच बाढीजन्य बिपद् पूर्वतयारी तथा प्रतिकार्यको अवस्था बारे बुझ्न जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायत सबै सुरक्षा निकायका प्रमुखहरुको सहितको जिल्ला विपद व्यवस्थापन समितिको टोलीले असार ३ गते राप्ती नदि क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । यस क्रममा टोलीले राप्ती नदीमा जडान गरिएको जलस्तर मापन केन्द्रको निरिक्षण गर्नुका साथै पानीको बहाव र सतहका बारेमा जानकारी लिएका लिए । अनुगमन टोलीले अगैयास्थित सिक्टा सिचाईको मुख्य बाँधको निरिक्षण गरेर त्यहाँ पनि राप्ती नदीको बहाव र पानीको सतहबारे अनुगमन निरिक्षण गरेको थियो ।

अनुगमनका क्रममा टोलीले राप्तीसोनारी गाउँ पालिकाको विपद व्यवस्थापन समितिसंग समन्वयात्मक छलफल गरेको थियो । यस क्रममा बाढीजन्य जोखिमको अवस्था र पुर्वतयारीका भावी योजनाका बिषयमा छलफल भएको पालिकका प्रशासकिय अधिकृत लोक बहादुर शाले जानकारी दिए ।

यसै बिच गत जेष्ठ ३१ गते वसेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले बाँके जिल्लामा यस वर्ष विपद्बाट २५ हजार घरपरिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पुर्वानुमानका आधारमा तयार भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको १५औं अद्यावधिक, २०७८ लाई सुझाव सहित अनुमोदन गरि यस योजनाका आधारमा विपद् पूर्वतयारी र प्रतिकार्यका गतिविधि संचालन गर्नका लागी निर्देशन दिने लगायतका निर्णय गरेको थियो । यसै गरि बैठकले बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला ,किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा वाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटवन्धको लागि कार्य गर्न सम्वन्धित कार्यालयहरुलाई निर्देशन दिने समेत निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया