सरकारले यसपटक पनि हजयात्राका लागि स्वीकृति नदिने भएको छ । शुक्रवार गृह मन्त्रालय अन्तर्गत नेपाल हज समितिको सचिवालयले यस वर्षको हजयात्रा सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै कोरोना महामारीका कारण हज नहुने प्रष्ट पारेको हो । (हेर्नुस सूचना) महामारीकै कारण गतवर्षपनि हजयात्रा हुन सकेको थिएन ।
