बाँके : निषेधाज्ञा खुकुलो, भोलिदेखि खुल्ने र नखुल्ने क्षेत्र यि हुन्

जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिमका कारण बैशाख ९ देखि नेपालगन्ज र १३ गतेदेखि जारी गरेको निषेधाज्ञा खुकुलो बनाएको छ । आज राती १२ बजेबाट निषेधाज्ञाका समय सकिंदै थियो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मंगलबारदेखि जारी हुने गरी अर्को आदेश सोमबार जारी गरेका छन् ।

प्रजिअ गेलालले जारी गरेको आदेश असार १ देखि ७ गतेसम्मका लागि हो । जसमा दैनिक उपभोग्य बाहेकका पसल सञ्चालनको अनुमति भने दिइएको छैन । यद्यपि, अहिले पनि दिउंसो १२ बजेसम्म सबै खालका पसल सञ्चालनमा आएका छन् । सार्वजनिक यातायात सञ्चालनको अनुमति दिइएको छैन । अब खाद्यान्न पसल विहान ७ देखि २ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ । अहिलेसम्म १२ बजेसम्म समय तोकिएको थियो । जसको समय सीमा बढाइएको हो ।
बाँके जिल्लामा अत्यावश्यक बाहेकका सवारी प्रवेशमा रोकलाई यथावत राखिएको छ ।


प्रजिअले जारी गरेको आदेश व्यवसायी मान्ने पक्षमा छैनन् । जेष्ठ मध्यसम्म लकडाउनको पालना गरेका व्यवसायीले अहिले नै त्यसको उल्लंघन गरिरहेका छन् । बजारमा १२ बजेसम्म भिडभाड हुने गरेको छ । भोलि असार १ मा पनि व्यवसायीहरुले प्रशासनले जारी गरेको आदेशको वेवास्ता गर्ने निश्चित छ ।
प्रशासनले प्रजिअबाट जारी आदेशको उल्लंघन गरेमा व्यक्तिलाई १ लाख र संस्थालाई पाँच लाख जरिवाना गर्ने भनेको छ । तर, अहिलेसम्म व्यवसायीले निषेधाज्ञा उल्लंघनमा १/२ सय बाहेक जरिवाना तिरेका छैनन् । व्यवसायीहरु र प्रशासन बीच द्वन्द्व सिर्जना हुने निश्चित देखिन्छ । किनभने असार १ देखि सामाजिक, भौतिक दुरी कायम गरी सुरक्षाको मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्न पाइने अपेक्षा व्यवसायीहरुको थियो । यद्यपि, त्यस अनुसारको आदेश भने प्रशासनबाट जारी भएको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया