रुपन ज्ञवाली विपद् व्यवस्थापनको क्षेत्रमा परिचित नाम हो । पत्रकारिता गरिरहँदा नेपाल रेडक्रस सोसाइटी मार्फत विपद् व्यवस्थापन सेवामा प्रवेश गरेका ज्ञवाली दुई दशकदेखि यो क्षेत्रको कुशलतापूर्वक कार्यसम्पादन गरिरहेका छन् । साढे पाँच वर्ष बर्दियामा रहि विपद् व्यवस्थापनमा रहि काम गरेको अनुभव सम्हालेका ज्ञवाली जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेमा पछिल्लो चार महिना देखि सुचना व्यवस्थापन अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । आजको अंकमा ज्ञवालीसँग दैनिक नेपालगन्जले कोरोना कहरमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले गरिरहेको काम कारबाही र गतिविधिको सेरोफेरोमा रहेर जानकारीमूलक संवाद गरेको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सुचना व्यवस्थापन अधिकृत ज्ञवाली भन्छन्, सरोकारवालाबीच आवश्यक समन्वय गरी संक्रमण नियन्त्रण र रोकथाम, उपचार र समग्र कोभिड व्यवस्थापनका लागि हाम्रो कार्यालयले नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको छ । आजको विशेषमा दैनिक नेपालगन्जमा प्रकाशित सम्यक संवाद

तपाईको कार्यालय यतिवेला कोभिडमा कसरी काम गरिरहेको छ ?
जिल्ला कोभिड व्यवस्थापन समितिको संयोजक नै प्रमुख जिल्ला अधिकारी हुने हुँदा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले सचिवालयका रुपमा काम गरिरहेको छ । केन्द्रले समग्रमा समन्वयकारी भूमिका नै निर्वाह गरिरहेको हुन्छ । विशेष गरी हामी स्थानीय तहहरु संगको समन्वय, अस्पतालको वेड व्यवस्थापन, आइसोलेन केन्द्र व्यवस्थापन, शव व्यवस्थापन, सुचना व्यवस्थापन, अनुगमन तथा स्वास्थ्य सामाग्री व्यवस्थापनमा जिम्मेवारी वाँडफाँड गरिकाम गरिरहेका छौं । सवै स्थानीय तहका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थासंग, भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, स्वास्थ्य कार्यालय र मानवीय सहायताका संस्थाका रुपमा काम गर्ने संघ संस्था तथा निजी क्षेत्रसग समन्वय गरी संक्रमण नियन्त्रण र रोकथाम, उपचार र समग्र कोभिड व्यवस्थापनका लागि नेतृत्वदायी भुमिका निर्वाह गरेको छ ।
महामारी विरुद्धको योजना निर्माणमा केन्द्रले कसरी भुमिका निर्वाह गरेको छ । पूर्व तयारीको अवस्था कस्तो थियो ?
जिल्लास्तरमा विपदव्यवस्थापनको कार्य योजना तयार गरी कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीनै हाम्रो भएकोले पनि निरन्तर काम गरिहेका छौं । शुरुका दिनमा कोभिड १९ को नियन्त्रण तथा रोकथाममा केहि “कन्फ्यूजन” देखिएको भएपनि जिल्लामा कोभिडको समग्र व्यवस्थापन कार्य प्रभावकारी नै रहेको हाम्रो वुझाइ छ । बाँकेमा पहिलो पटक कोभिड संक्रमित भेटिनु पहिलेनै हाम्रो तयारी थियो । क्वारेन्टाइन स्थापन, खजुरास्थित सुशिल कोइरालामा कोभिड विशेष अस्पतालको रुपमा स्थापनगरि संक्रमितहरुलाई राख्ने गरिएको थियो ।
नरैनापुरको कोभिड संक्रमणको नियन्त्रणको व्यवस्थापनलाई मोडेलकै रुपमा लिन सकिन्छ । पछिल्लो समय दोस्रो लहर प्रवेश सगै सीमा नाकाबाट प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच, गन्तव्यसम्म जान यातायातको व्यवस्थापन, सबै पालिकामा अक्सिजन समेतको आइसोलेसन सेन्टरको स्थापनले देशमैं उच्च संक्रमणको रुपमा बाँके जिल्ला रहँदा पनि राम्रो व्यवस्थापन भएको थियो । भेरी अस्पतालको व्यवस्थापन, निजी अस्पतालका तर्फबाट नेपालगन्ज मेडिकल कलेजको भुमिका बिसर्न सकिंदैन । दोस्रो लहरपछि गम्भीर विरामीहरुको चाप उच्च रहँदा पनि बाँके जिल्लामा अक्सिजन सिलिन्डरको अभाव हुन लागेको अवस्थामा अक्सिजन उत्पादन गर्ने निकायहरुसंग निरन्तर समन्वय र सहकार्य गरि अक्सिजनको अभाव नहुने अवस्था मिलाइएको थियो ।
हाल सक्रमणको दर घटिरहेको भएतापनि सर्तकता अझै पनि जरुरी
छ । स्वास्थ्य मापदण्ड पूर्ण पालना नगर्नु नै अहिलेको मुख्य चुनौती रहेको छ ।
यो बेलाका कोभिड नियन्त्रणका चुनौती चाहिं के के हुन् ?
हाल सक्रमणको दर घटिरहेको भएतापनि सर्तकता अझै पनि जरुरी छ । स्वास्थ्य मापदण्ड पूर्ण पालना नगर्नु नै अहिलेको मुख्य चुनौती रहेको छ । तेस्रो लहर समेत आउन सक्ने भनिरहेको यस अवस्थामा हाम्रा स्वास्थ्य प्रणालीको क्षमता बढाउनु पर्ने अवस्था छ । होम आइसोलेसनमा रहेका संक्रमितहरुले स्वास्थ्य मापदण्ड पालना नगरी हेलचेक्राइ गरिदिंदा समुदायमा संक्रमणको दर बढेको देखिन्छ । यस तर्फ पालिकाबाट उच्च निगरानी र अनुगमन गर्नु पर्छ । यस बाहेक सीमा नाकाबाट प्रवेश गर्नेहरु सबैको कोभिड जाँच र बाहिरी जिल्लाका संक्रमितहरुको व्यवस्थापन, अस्पतालहरुको स्रोत साधन तथा जनशक्तिको अभावलाई आगामी दिनको चुनौतिका रुपमा लिन सकिन्छ ।
बाँके जिल्लामा वाढीजन्य विपद् अलिक बढीनै संवेदनशील मानिन्छ । यो वर्ष महामारीमा केन्द्रित हुनुपर्दा त्यसतर्फको पूर्वतयारीमा ध्यान पुगेको छ ।
पक्कै पनि । बाँके जिल्ला बाढीजन्य विपदमा सबैभन्दा बढी जोखिमयुक्त जिल्ला हो । वर्षेनि कुनै न कुनै रुपमा क्षति पुुु¥याउँदै नै आइरहेको छ । महामारीको रुपमा रहेको कोभिडको सामाना गर्नु पर्ने एकातिर छ भने अर्को तिर यो वर्षको मनसुन विगतको वर्षको भन्दा बढी सक्रियहुने पूवार्नुमान छ । त्यसैले सवै स्थानियतहहरुको सहभागितामागत जेष्ठ १३ गते नै जिल्ला विपद् व्यवस्थापन समितिको मनसुन पूर्वतयारी बैठक बसी केही निर्णय गरिसकेका छौं । मनसुन प्रवेश गर्नु पुर्व नै केही तयारी आवश्यक हुन्छ । सबै स्थानीय तहहरुले वडासम्मै विपद् व्यवस्थापन समिति गठन भएका छन् । रेडक्रसले पनि स्थानीयतहहरुसँगको समन्वयमा मनसुन पूर्वतयारीमा काम गरिरहेको छ ।
बाढी प्रतिकार्यकालागि सुरक्षा निकायसँग भएका सामाग्रीहरु तयारी अवस्थामा राखिएको छ । बाढी पूर्वसूचना प्रणालीको विकास भएको छ । भारी वर्षा हँुदा होस् वा नदिमा पानीको वहाव वढी हुँदा प्रभावित क्षेत्रमा समयमैं सूचना पु¥याउन सकिने अवस्थामा छौ । त्यसैले पनि विगतमाझै मानवीय तथा भौतिक क्षति रोक्न हाम्रो प्रयास रहन्छ । बाढीजन्य विपद्बाट मानवीय क्षति सुन्य पार्ने हाम्रो लक्ष हो ।
बाढी प्रतिकार्यका लागि सुरक्षा निकायसँग भएका सामाग्रीहरु तयारी अवस्थामा राखिएको छ । बाढी पूर्वसूचना प्रणालीको विकास भएको छ । विगतमाझै मानवीय तथा भौतिक क्षति रोक्न हाम्रो
प्रयास रहन्छ ।
विपद् व्यवस्थापनमा स्थानीयतहलाई जिम्मेवार बनाउने कुरा रहेछ, तपाईहरुको भूमिका कस्तो रहन्छ । स्थानीयतहको पूर्वतयारीको अवस्था कस्तो छ । कत्तिको सकृयता पाउनु भएको छ ?
पक्कैपनि विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ ले पनि विपद् व्यवस्थापनमा स्थानीयतहलाई बढी जिम्मेवार बनाएको छ । बाँकेमा पनि जेष्ठ १३ गतेको बैठकबाट स्थानीयतहलाई तत्कालै आ आफ्नो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना मनसुन अगावै तयार गर्न भनिसकेका छौं । रेडक्रस, बी ग्रुप र सेभ द चिल्डे«नले प्राविधिकमा सहयोग गरेर त्यो योजना बन्दैछ । त्यसैगरि विपद् पछिको सर्वेक्षणका लागि टिम तयारी गरि राख्ने, सुरक्षित आश्रय स्थलको पहिचान गर्ने, सबै स्थानीयतहहरुले मनसुन पूर्वतयारी बैठक अनिवार्य गर्ने कुरामा स्थानीयतहका लागि रहेका छन् । खुशीको कुरा बाँके जिल्लाका सबै पालिकाले आआफ्नो विपद् कोष स्थापना गरेका छन् ।

अन्यमा केही ?
विगतमा भन्दा विपद् व्यवस्थापनमा स्थानीयतहको भुमिका प्रशंसायोग्य नै रहेको छ । जिल्लातहबाट समन्वय र आवश्यकता अनुसार प्राविधि सहयोग पु¥याउन हामी सधैं तयार नै छौं । आपतकालिन कार्य सञ्चालन केन्द्र बाँके विपद् व्यवस्थापनमा २४ घन्टा सक्रिय रुपमा लागिरहेको समेत जानकारी गराउन चाहन्छु । हामीसंग प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसवाट जनशक्ति केन्द्रमा खटिरहेका छौं । विपद्का सुचना लिन दिन परेमा हाम्रो जिल्ला आपतकालिनकार्य सञ्चालन केन्द्रको पैसा नलाग्ने टोल फ्री नम्बर ं.१६६०८१५२१० वा टेलिफोन नंं.०८१–५३५१११ मा सम्पर्क गर्न पनि अनुरोध गर्न चाहन्छु ।