
संसार आज द्वन्द्वको चपेटामा छ । जहाँतहाँ कित्ताकाट घृणावादको खतिउपति भैरहेको छ । एकले अर्कोलाई सिद्धाउने, निषेध गर्ने अनि आफ्नो अधिपत्य कायम गर्ने प्रयासहरु भएका छन् । इराक, सिरया, अफगानिस्तानदेखि प्यालिस्टाइनसम्म चलेका संर्घषहरु कतै न कतै एक पक्षले अर्कोलाई समाप्त गर्ने नै हुन् । कुनैसमय रुवान्डामा हुतु र तुस्सु बीच चलेको जातिय युद्ध नेपालमा पनि चलाउने प्रयासहरु भए र आज पर्यन्त केही पूर्व प्रधानमन्त्रीहरु, राष्ट्रिय भनाउँदा पार्टीका नेताहरुकेही आइएनजिओहरु र प्रायोजित बुद्धिजीवीहरु नेपालमा पनि पछिल्लो तीन दशक देखि यस्तै द्वन्द्वको घाउबाट आहत बनाउन लागि परेका छन् । संसारमा अहिले चलिरहेको वैश्विक द्वन्द्व, जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्वको समाधानका लागि उपयुक्त दर्शनको खाँचो भै रहेकोे छ । नेपालमा लादिएको कपूतन्त्रिय सिद्धान्तले २००७ साल यता अनवरत प्रयोग मात्रै चलाएको छ । वास्तवमा भन्ने हो भने नेपाल राजनीतिको एउटा प्रयोगशाला मात्रै भएको छ । नेपाललाई सधैं विदेशी वाद र सिद्धान्तको प्रयोगशाला मात्रै बनाइएको छ । २००७ सालमा नै एउटा प्रयोग गरियो । नेपालको अस्मितालाई विदेशी भूमिमा सम्झौता गराइयो । त्यहि २००७ सालको प्रयोगबाट नै २००९ साल पछि नेपाली अस्मिता माथि नै बुट बजार्दै उत्तरी समिामा विदेशी सेनाका चौकी खडा गराइयो । यस प्रयोगलाई परिपक्व बनाएर जान त्यो बेला नै नेपालको अस्तित्व समापनको खाका सहित प्रायोजित संविधान सभा मार्फत संविधानको योजना बनेको थियो भन्ने कुरो ५० बर्ष पछि २०६४ सालमा मा छर्लङ्ग भएको छ ।
नेपाली भूमि प्रयोगशाला बनाउँदै गर्दा नेपाली अस्मितालाई धरापमा राख्दै विदेशी प्रतिमानका आर्दशहरुलाई मूल मार्गनिदर्शक सिद्धान्त मान्दै २०५१ सालयता त नेपालमा नाङ्गो नाँच देखाउन विदेशी संघसंस्थाहरु (आइएनजिओ)लाई नै भित्र्याइयो । नेपाललाई उनीहरुको खेल मैदान बनाइयो । यो मैदान खोल्नेहरु पनि तीनै विदेशी सिद्धान्तका नेपाली प्यादाहरु थिए । नेपालका हरेक शासन प्रशासन नीति निर्माणसम्म विदेशी प्रतिमानको प्रयोग गर्ने छूट कम्यूनिष्टको पहिलो सरकारले नै दिएको थियो ।
नेपाली अस्मितालाई लिलाम गर्ने प्रतिष्पर्धा २०५२ साल यता झन उग्र रुपमा कम्यूनिष्ट कठमूल्लावादले सुरु गर्यो । यो नेपालमा अर्को प्रयोग थियो । यो प्रयोगमा लगानी तीनै विदेशी प्रतिमानलाई स्थापित गराइराख्न खोज्ने आइएनजिओ र केही विदेशी गुप्तचर संस्थाहरुबाट गरियो । त्यस बेलाका नेता जो आजसम्म नेपाली जनताको खुन पसिनामा बुर्कुसी मार्दै विदेशी धर्मसँस्कृतिलाई यहाँ स्थापित गराउन विदेशतिर उनीहरुकै प्रायोजनमा दर्जनौं पटक जानेगरेको कुरा अहिले छताछुल्ल भएका छन् । काटेको र ढाँटेको आज छोपिएला तर एकदिन त खुल्छ नै सो आज खुलेको छ । यहाँ नेपाली नेपाली बीच जातियता र क्षेत्रीयताको नाममा लडाउन शुरु गरियो । कालो गोरो, नेप्टे चुच्चे, तराई पहाड, उँच नीच , हुने नहुने आदी इत्यादी बिभिन्न प्रपञ्च सहित पुरा पुरा क्रृडास्थल बनाइयो । नेपालका मौलिक धर्म, सँस्कृति भाषा र सभ्यतामाथि नियोजित रुपमा आक्रमण गरेर गाउँ गाउँमा विदेशी साँस्कृतिक प्रतिमानहरु खडा गरियो । यो आजपर्यन्त जारी राखेका छन् उनीहरुले ।
आजका मितिसम्म आइपुग्दा कहिल्यै वयस्क नहुने प्रजातन्त्र जो सधैं बालक रहिरहने गरेको छ । सत्तरी बर्षे प्रयोग र उनीहरुको प्रतिमान नेपालको शासन प्रशासनमा रहि आएको छ । तर यसले के परिणाम दिएको छ भन्ने कुरा गहिरिएर अध्ययन अनुसन्धान गर्नै पर्छ । कपूहरुको त्यो शासन प्रशासनले दिएको नेपाली मौलिकताको तेजोबध मात्रै हो । नेपाली अस्मिता माथिको आक्रमण मात्रै हो ।
आज नेपालको सहिमायनेमा उत्थानको लागि, नेपाली अस्मिताको रक्षाका लागि, सबैका बीचमा सहृदयताको सम्बन्ध कायम गर्नका लागि, हाम्रो प्रकृति र सँस्कृतिलाई बचाउनका लागि नेपालमा अब ती गतार्थ भै सकेका प्रतिमानहरु राजनीतिक सिद्धान्तले कुनै काम गर्दैन भन्ने कुरा पटकपटक प्रमाणित भै सकेको छ ।
हिजो वैश्विक रूपमा असफल भैसकेका कम्युनिस्ट र पूजिवादी ( कपूतन्त्रे ) सिद्धान्त जसलाई “राष्ट्रराज्य“ सिद्धान्त भनिन्छ, लेअब कुनै मानव उत्थान हुनै सक्दैन । नेपाल जस्तो बहुसाँस्कृतिक, बुहुभाषिक देशमा जहाँ सवासय बढि जातजाति र भाषाभाषी छन् त्यहाँ यस्ता बहुराष्ट्रिय राज्यलाई सर्वोपरि मान्ने राष्ट्रराज्य मान्ने सिद्धान्तले अर्को नयाँ अन्तहीन द्धन्द निम्त्याउँछ भन्ने कुरा अब छर्लङ्ग भएको छ ।
एउटा जुनकुनै पनि देशको राष्ट्रियता भनेको उसको वैधानिक भूगोल र त्यसभित्र बस्ने समष्टिगत जनताको जोड हो । सबैको साझा र एकल राष्ट्रियता हुन्छ । तर यहाँ त सवासय राष्ट्रियताका कुरा गरिन्छ, नेतैपिच्छे कहिले द्वीराष्ट्रियता त कहिले बहुराष्ट्रियताको कुरा गरिन्छ । त्यो भनेको उनीहरुको संसारमा नै बहिष्कृत भैसकेको सिद्धान्तले दिएको प्रशिक्षण मात्रै हो ।
यस्तो अवस्थामा विश्व बन्धुत्व र सहृदयताको सम्बन्ध, हरेक देशको आफ्नो मौलिक रैथानेपनको मानविय आत्मसम्मान र संसारका हरेक देशको आफ्नो राष्ट्रिय अस्मिता बचाइ राख्नका लागि नयाँ सिद्धान्तको खोजी भै रहेको परिप्रेक्ष्यमा नेपाली दार्शनिक डा. निर्मलमणी अधिकारीद्वारा विश्व कल्याणका निम्ति दशकौंको खोज अनुसन्धान, अनुष्ठान तप ध्यानबाट “राज्यराष्ट्र“ सिद्धान्तको खोजी र अभ्युदय भएको छ ।
यो सिद्धान्त आउनु र त्यो पनि यहि देवभूमी तपभूमी नेपालमा,नेपाल कै लागि विश्व गुरु बन्ने सुअवसर पनि हो । राज्यराष्ट्र सिद्धान्तले नै नेपालको परिचय विश्व सामु गराउने छ । यो नेपालको लागि गौरवको कुरा हो । यहि सिद्धान्तले भोलिका दिनमा नेपाललाई वैश्विक केन्द्र बनाउनेतर्फ लैजाने छ भन्ने कुरा वर्तमान विश्वमा भएका सिद्धान्तहरुको अवसानको अवस्थाले देखाँउदै छ । राज्यराष्ट्र सिद्धान्त नै आफैमा युगको निर्माण हो । चाहेर वा नचाहेर पनि राज्यराष्ट्र सिद्धान्तलाई अबलम्बन गर्ने बाहेक अबको विश्व शान्तिको लागि अर्को मार्ग छैन र उपाय पनि छैन ।
राज्यराष्ट्रले एउटा देशमा जे जतिसुकै जातजाती भाषाभाषी भएता पनि राष्ट्रियता एउटा मात्रै हुन्छ भन्छ । विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्धका कुरा गर्छ । विकास भनेको आफनोपन मास्नु होइन । आफ्नो इतिहास मासेर विकास हुन्छ भन्ने मान्यता गतार्थ भएको छ संसारमा । आफ्नो मौलिक धर्म, सँस्कृति भाषा र सभ्यताको स्थिति नगरीकन अर्थात त्यसको जगमा टेकेर, त्यसमा गर्व गरेर, त्यसबाट पाएको आफ्नो पहिचान, ज्ञान, नैतिकताको आधारबीना कुनैपनि विकासको परिकल्पना मित्थ्या हुन्छ । त्यसैले स्थितिगत्यात्मक प्रगतिवाद भन्छ । समाज विकासको सिद्धान्त त सहृदयातको सिद्धान्त हो । द्वन्द्वले समाज बन्ने होइन बिनास गर्ने हो । सहृदयता बीना न मानिस बाँच्न सक्छ न प्रकृति बच्न सक्छ भन्छ । द्वन्द्वले बिनास र सहृदयताले सहअस्तित्व रहन्छ । अर्थतन्त्र, कृषि, शिक्षा स्वास्थ्य सबैमा मौलिकता र सहृदयता हुनुपर्छ ।
बिनासकाले बिपरित बुद्धि भने झैं नेपालमा यी कुरालाई छाडेर द्धन्दको मार्ग नै विकास समृद्धिको आधार बनाइयो । हत्या, हिंसा, लूटमार, डकैती, आफ्नो मौलिक धर्म सँस्कृति भाषा र सभ्यतालाई गाली गलौच गर्दै नष्ट गर्नमा नै आफ्नो बहादुरी सम्झियो । आफ्नो हीरा छोडेर अरुको काँचको पछाडी कुँद्नेहरुको जमात बढ्दै गयो । विदेशीको सबैकुरा राम्रो भन्ने यहाँ राजनीतिज्ञ देखि विद्धानहरुको लावालस्कर बन्दै गयो । देशको शिक्षा, स्वास्थ्य, कृषि, विदेश नीति, कुटनीति, देखि देशको शासन प्रशासनमा सामान्य नैतिकता, विधि पद्धति आफ्ना समाजिक मान्यता, मौलिक धर्म सँस्कृति भाषा सभ्यताले दिएको ज्ञान र मार्गदर्शनलाई स्थापित गर्ने चेष्टा नगरेर लत्याउँनेहरुको बोलबाला भयो । यहिँबाट नै नेपालको समष्टिगत दर्दशा शुरु भएको हो ।
अब यी सबै कुहिइएका मक्किएका र गतार्थ भै सकेका द्धन्दका सिद्धान्तको पोल खुलिसकेको छ । यसले समाज सधैं अन्तहीन द्वन्द्वमा जान्छ भन्ने देखिइसकेको छ । यसका अनुयायीहरुका काला कारनामाहरु जनजनमा छर्लङ्ग भएका छन् । अबपनि यसैको भ्रममा परिरहन आवश्यक छैन । विश्वबाट नै बहिष्कृत भै सकेको सिद्धान्त र आर्दशबाट नेपाल ७० बर्षमा प िनबने र अबपनि किमार्थ बन्न सक्दैन । सत्य जानौं, सत्य खोजौं, आजैबाट जागौं, सबै नेपालीले आफ्नो मौलिकतामा गर्व गर्दै राज्यराष्ट्र सिद्धान्त दर्शनले अभ्यूदय गरेको आफ्नोपनतिर नै लागौं ।