नेपालगन्ज १८ मा दुईवटा बाटो कालोपत्रे निर्माण शुभारम्भ

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ ले विकास निर्माणका कामलाई तिब्रता दिएको जनाएको छ । त्यसक्रममा वडाध्यक्ष दीपक कुमार वर्माले सोमबार दुईवटा सडकको स्तरोन्नतीका लागि कालोपत्रेको निर्माण शुभारम्भ गरेका छन् ।


नेपालगन्ज १८ स्थित, तेजनगरमा २३ लाखको लागतमा दुबैतर्फ नाली सहित निर्माण हुने कालोपत्रे सडक र विशालनगर चोकदेखि बनिया गाउँ जोड्ने करिब १५२ मिटर लामो सडक कालोपत्रेको निर्माण शुभारम्भ गरेका वडाध्यक्ष बर्माले आफ्नो कार्यकालका लागि जनतासँग गरेका बाचा पुरा गर्ने बताए ।


यसैसाता वडा कार्यालय नजिकै रहेको सुर्खेतरोडबाट ट्राभेल भिलेज हुँदै अगाडीको वस्तीलाई सहजताका लागि निकै महत्वको सडक कालोपत्रेका लागि ४१ लाखबढी रुपिया बजेट व्यवस्थापन गरि काम शुभारम्भ गरिएको
थियो ।
यो आर्थिक वर्षमा आधादर्जन बढि सडकको कालोपत्रेको काम भइरहेको नेपालगन्ज १८ मा असार भित्रै निर्माण सम्पन्न गर्नेगरि का मगर्न आवश्यक निर्देशक दिइएको वडाध्यक्ष बर्माको भनाइ छ । उनका अनुसार, कोरोना कहरमा नागरिक उत्तरदायित्वका सबैजसो जिम्मेवारी निर्वाह गरेको वडा नम्बर १८ ले विकास निर्माणलाई निरन्तरता दिइनै रहेको छ । कोरोना विरुद्धको स्वास्थ्य अभियानमा पनि वडा नम्बर १८ र वडाध्यक्ष आफैपनि विभिन्न प्रभावकारी काम गरिरहेका छन् ।

घरमैं चिकित्सक सेवा पुर्याउँदै वडा

प्रतिक्रिया

प्रतिक्रिया