बाँकेको बिर्तामा रंग लगाउने मेसिनको कम्प्रेसर पड्किँदा एक जनाको मृत्यु भएको छ । आज शनिवार बिहान भएको घटनामा दुई जना घाइते भएका छन् ।
निर्माणधीन अवस्थामा रहेको किसान फिड मिलमा रंग लगाउने क्रममा मेसिन पड्किएको बारा कलैया उपमहानगरपालिका १९ का २५ वर्षीय सबिराज मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । सो घटनामा बारा कलैया उपमहानगरपालिका १९ कै इश्राफुल आलम र नसुरुद्दीन आलम घाइते भएका छन् । बाँके प्रहरकिा अनुसार, उनीहरुको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।