नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले आफ्नै आन्तरिक बजेटबाट सडक कालोपत्रे शुरु गरेको छ । शुक्रवार वडाध्यक्ष दीपक कुमार बर्माले सडक कालोपत्रे कामको शुभारम्भ गर्दै आन्तरिक बजेटबाट अस्फाल्ट सडक निर्माण गर्ने आफ्नो वडा सम्भवतः नेपालगन्जमा पहिलो भएको बताए ।

वडा कार्यालय नजिकै रहेको सुर्खेतरोडबाट ट्राभेल भिलेज हुँदै अगाडीको वस्तीलाई सहजताका लागि निकै महत्वको उक्त सडक कालोपत्रेका लागि ४१ लाखबढी रुपिया बजेट व्यवस्थापन गरि काम शुरु गरिएको वडाध्यक्ष बर्माले जानकारी दिए । नेपालगन्जमा एडीबीको सहयोगमा निर्माण भएका स्तरिय सडक अस्फाट प्रविधिका भएकाले सोही स्तरको बाटो बन्ने वडाध्यक्ष बर्माले बताए । उनका अनुसार, कोरोना कहरमा नागरिक उत्तरदायित्वका सबैजसो जिम्मेवारी निर्वाह गरेको वडा नम्बर १८ ले विकास निर्माणलाई निरन्तरता दिइनै रहेको
छ ।

आरसीसी ड्रेनसहितको यो सडकमा यसअघि ५० लाखबढी बजेटमा काम अगाडी बढेपनि पुरा हुन सकेको थिएन । वडाध्यक्ष बर्मा भन्छन्, बाटो अधुरो रहेपछि धेरै निकायमा बजेटको पहलका लागि पुगेपनि प्राप्त नभएपछि वडाले आफ्नै बजेटमैं भएपनि बाटोको काम पुरा गर्ने निर्णय लिएको हो ।

यसअघि पनि सिक्टा सिंचाई छेउ, पशुपतिनगर टोल, होटल सिद्धार्थ पछाडी, दुर्गा भगवती टोल, मानव धर्म आश्रम रहेको सनातन मार्ग, लग्दहवा देखि बसपार्क जाने बाटो, भंगी टोल लगायतका सडक कालोपत्रे शिलान्यास भइ काम भइरहेको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष बर्माले लक्षित समयमै सबै योजनाहरु प्ुरा हुनेगरि काम भइरहेको बताए ।
घरमैं चिकित्सक सेवा पुर्याउँदै वडा