भेरी अस्पतालको RTPCR परिक्षणको नतिजा हेर्दा बाँके र वरपरका जिल्लामा कोभिड-१९ को संक्रमण पहिचानको संख्या र संक्रमकता अनुपात घट्दो देखिएको छ । बैशाखको पहिलो साता उच्च बिन्दुमा रहेको Positivity Rate जेठको पहिलो साता देखि क्रमश: घट्दै गएको पाइएको छ ।

कुनै समय भेरी अस्पतालबाट मात्र ५५० भन्दा नमुना संकलन भएकोमा हाल त्यो घट्दै गइ १०० को आसपासमा हुन थालेको छ । जेठको पहिलो साता ७५% सम्म रहेको Positivity Rate हाल ३०% जति रहेको छ । त्यस्तै इन्डोरमा भर्ना हुने संख्या पनि बिस्तारै घट्दै गएको पाइएको छ ।

बैशाखको तेश्रो हप्ता औसत दैनिक ४० जनासम्म बिरामी भर्ना भएकोमा हाल त्यो संख्या १० भन्दा कम भएको छ । यो संख्या दोश्रो लहरको कोभिड संक्रमण सुरु हुने बेलाकै हाराहारी हो । तर पनि हाल भेरी अस्पतालमा उपचाररत बिरामीहरुो संख्यामा भने खासै ठूलो अन्तर आएको छैन । कारण – अधिकांश बिरामीहरू लामो समय देखि भर्ना भइ उपचाररत नै हुनुहुन्छ ।

भेरी अस्पतालले बुधवार भनेको छ, आजसम्मको अवस्थामा अस्पतालमा १५७ जना उपचाररत हुनुहुन्छ । जसमा मध्यम समस्या (Moderate) का १२०, ICU श्रेणीका २८ र भेन्टिलेटरमा ९ जना हुनुहुन्छ । गत बैशाख १ देखि ११०९ जना भर्ना भइ उपचार गराएकोमा निश्चित परिणाम सहित डिस्चार्ज भएका ९५२ मा निको भएका ७१.२% र मृत्यू भएका २६.७ % रहेका छन् । (भेरी अस्पतालको फेसबुक पेजबाट)