दिल्लीको अस्पतालबाट चिकित्सकको सुझाव

भारतको राजधानी नयाँ दिल्लीस्थित चर्चित अस्पताल, म्याक्समा पछिल्लो दुई वर्षदेखि कार्यरत डा. सलमान निजाम नेपालगन्जका युवा चिकित्सक हुन् । म्याक्सको रेसिडेन्ट अफ इमरजेन्सी मेडिसिन एण्ड क्रिटीकल केयर डिपार्टमेन्टमा रहँदा पछिल्लो एक वर्षयता २ हजार ५ सयबढी कोरोना संक्रमितको प्रत्यक्ष उपचारमा संलग्न डा. निजामसँग दैनिक नेपालगन्जले जान्न चाह्यो, कसरी चलिरहेको छ संक्रमणको उच्च चापमा रहेको दिल्लीमा उपचारको व्यवस्थापन ? होम आइसोलेसनका ८ सयबढी बिरामीलाई उपचार परामर्श गरिसकेका डा. निजाम आफ्ना बुवा निजामुद्दिन सिद्दीकी (मुन्ना)लाई संक्रमण भएपछि घर आउने मौका पाएका थिए । बुवालाई निको पारेर फर्किएका डा. निजामले हाम्रा जिज्ञासालाई यसरी सम्बोधन गरेका छन्, संवादको सम्पादित अंश ।

आजभोलि नेपाल र नेपालगन्जमा अर्ली डाइनोसिस भन्छौं त खोकी, रुघा अनि ज्वरो आउने त्यसको एकदम जरुरी रहेको छ । जरुरी यस अर्थमा कि कोभिड चारैतिर बढेको छ । कहींपनि रुघाखोकी छ भने ५० देखि ९० प्रतिशत सम्म त्यो कोभिड पुष्टि भैरहेको छ । किनभने दोस्रो लहर ट्रान्समिटर भैरहेको छ भारतमा । त्यही कुरा नेपालमा पनि भैरहेको छ । तर, मान्छेहरु यति आत्तिएका छन्, यति डर छ कि तिनीहरुको भित्र अर्ली डाइग्नोसिस गर्दैनन् । अर्ली डाइग्लोसिस गर्यो भने भने यो सजिलो हुन्छ कि उपचारमा कोभिड हो कि होइन भनेर ।
कोभिड पुष्टि भएमा हामीले सतर्क भएर बस्नुपर्छ । घरमा आइसोलेट भएर बस्दा त्यो अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्दछ । होम आइसोलेसनको प्रोटोकल छ, त्यसलाई फलो गर्नुपर्दछ । होम आइसोलेसनमा भएका बिरामीलाई कम्तिमा एउटा डाक्टरले १५/२० जनालाई एउटा चिकित्सकले गाइड गर्नुपर्दछ, । चाहे त्यो भारतमा होस् वा नेपालका चिकित्सक अनलाइन/फोनबाट भएपनि कोभिड बिरामीलाई चिकित्सकले गाइड गरोस् । यो प्यान्डमिकको बेला एउटा चिकित्सकले कम्तिमा फोनबाटै भएपनि १५/२० जना कोभिड प्यासेन्टलाई कन्सल्टेन्ट गर्नुपर्दछ । बिरामीहरुको अक्सिजन लेभल हेरेर बिरामीको अवस्था थाहा हुन्छ ।

ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या भएमा तत्काल कोभिड चेक गराउनु पर्दछ । कोभिड पुष्टि हुने बित्तिकै त्यसका लक्षणहरु अनुसार तत्काल औषधी चलाउनु पर्दछ । बाफ लिने तथा अक्सिजनका लागि कसरत गर्नुपर्दछ । ब्रिथिङ एक्सरसाइज गर्नु राम्रो हुन्छ । त्यसका लागि एउटा लामो सास लिने र छाड्ने, अर्को घोप्टो परेर पेटको बलमा सुत्ने । यो घरमा आइसोलेसनमा भएका बेलामा गर्ने हो । घरमा आइसोलेसन बस्दा ४ देखि ६ घण्टामा अक्सिजन लेभल चेक गरिरहनु पर्दछ । किनभने कोभिडमा थाहा नभइकन पनि अक्सिजन लेभल कम हुनसक्छ । अक्सिमिटर अक्सिजन लेभल धेरै कम देखाउँदा पनि मानिसलाई गाह्रो नभएको हुनसक्छ । त्यसैले नियमित निगरानी गर्नुपर्दछ ।

हाम्रो यहाँ दुई वटा टिम छ अस्पताल । एउटा आइसियु र अर्को कोभिड वार्डमा । जुनियर डाक्टरले सिनियर डाक्टरले दिएको औषधी बिरामीलाई समयमा दिने, आवश्यक निर्देशन अनुसार बिरामीको हेरचाह गर्दछन् । विहान र बेलुका बिरामीको नियमित अक्सिजन लेभल र अन्य लक्षणको उपचारका लागि दिइएको औषधी बारे अपडेट गरिन्छ ।

कोभिड पोजेटिभ आएपछि सुरुका दिनमा अक्सिजन लेभल कम छ, ज्वरो आइरहेको छ भने अस्पताल जानु आवश्यक छ । ८८ टु ९० सम्म होम आइसोलसनमा मेन्टेन्ट गर्न भन्छौं यहाँ दिल्लीमा । त्यो भन्दा कम भए तत्काल अस्पताल जान भन्ने गरेको छौं ।
अहिले के भैरहेको छ भने कोभिड पछाडि आएपछि मानिसहरु अक्सिजनको पछाडि भागिरहेका छन् । कोभिड पोजेटिभ आएपछि अक्सिजन आवश्यक होस् वा नहोस् घरमा ल्याएर राख्ने गरेको पाइन्छ । त्यसको प्रयोग हुन्छ कि हुँदैन थाहा हुँदैन, बिरामीले कहिले अक्सिजन प्रयोग गर्ने त्यो पनि थाहा हुँदैन । प्राविधिक रिपोर्ट पछि मात्रै थाहा हुन्छ अक्सिजन चाहिन्छ कि चाहिदैन भनेर । ८८ भन्दा कम भएपछि मात्रै अक्सिजनको प्रयोग गर्नुपर्दछ ।

नेपालगन्जमा कोभिड पोजेटिभ आएपछि घरमै बस्न खोज्ने गरेको सुनेको छु । अस्पताल जाँदा थप झन्झट हुने सोंचले घरमै बस्छन् । यहाँ दिल्लीमा टिम छ । प्राइमरी र सेकेण्डरी टिम । प्राइमरी टिम ओपिडि बेसिसमा बस्छ, कम्प्युटरमा हेर्छ सबै कुरा प्यासेन्टको बारेमा । अनि चिकित्सकले कोभिड वार्डमा रहेको बिरामीको अवस्था बारे फोन मार्फत बिहान र साँझ बुझ्छ । कन्डिसन हेरेर ओपिडिको सिनियर डाक्टरले बिरामीका लागि औषधी आवश्यक परे थप गर्दछ । प्राइमरी चिकित्सकको काम के हो भने बिरामीहरुलाई काउन्सिल गर्ने, बिरामीको अवस्थाको दैनिक हिजो र आजको अवस्था विश्लेषण गर्ने । बिरामी नआउत्तिहोस् भनेर प्राइमरी डाक्टरले काम गरिरहेको हुन्छ । बिरामी आत्तियो भने चिकित्सकलाई पनि अत्याउँछ र गाह्रो हुन्छ । अवस्था हेरेर हामी कोभिड वार्डबाट आइसियुमा सिफ्ट गर्दछौं ।
हाम्रो यहाँ दुई वटा टिम छ अस्पताल । एउटा आइसियु र अर्को कोभिड वार्डमा । जुनियर डाक्टरले सिनियर डाक्टरले दिएको औषधी बिरामीलाई समयमा दिने, आवश्यक निर्देशन अनुसार बिरामीको हेरचाह गर्दछन् । विहान र बेलुका बिरामीको नियमित अक्सिजन लेभल र अन्य लक्षणको उपचारका लागि दिइएको औषधी बारे अपडेट गरिन्छ । जुन बिरामी, चिकित्सक र उनका आफन्तलाई थाहा हुन्छ ।
सेकेण्डरी टिम लक्षण सहितको बिरामीको उपचारमा खटिएका हुन्छन् पीपीइ लगाएर । प्राइमरी टिमले बिरामीका लागि तोकिएको उपचार गरेको छ छैन सेकेण्डरी टिमले हेर्छ । कुनै गाह्रो भैरहेको छ भने अलर्ट गरिन्छ ।

दिल्लीको जनसंख्या ३ करोड प्लस छ । हाम्रो नेपालको जनसंख्या पनि उस्तै हाराहारीमा होला । हाम्रो सरकार, जनतामा पूर्वतयारी छैन प्यान्डामिकको व्यवस्थापनका लागि । पूर्व तयारी नभएपछि मृतक बढ्छन् । हामीले कोभिड चेक गर्ने, तत्काल उपचार गर्ने हो भने मृतकको संख्या घटाउन सकिन्छ, कोभिड नियन्त्रण गर्न सकिन्छ, कोभिडको चेन ब्रेक गर्न सकिन्छ ।
कोभिड पोजेटिभ सँग भेटेकाले सेल्फ आइसोलेट गर्नुपर्दछ । जरुरी छैन लक्षण नहुँदा कोभिड चेक गराउन । सेल्फ आइसोलेसन हो । दोस्रो लक्षण भए परीक्षण गराउने र होम आइसोलेसनमा बस्ने हो । होम आइसोलेसनमा बस्दा चिकित्सकको सल्लाह लिनु पर्दछ र लक्षण अनुसारको उपचार सुरु गरिहाल्नु पर्दछ । खानपानमा ध्यान दिने, योग गर्ने, वाफ लिने, नेगेटिभिटीबाट टाढा बस्ने, नियमित अक्सिजन लेभल चेक गर्नुपर्दछ होम आइसोलेसनमा रहँदा ।

दिल्लीमा राम्रो म्यानेजमेन्ट भैरहेको छ । अहिलेको जस्तो महामारीमा सरकारले नै मुख्य भूमिका निर्वाह गर्नुपर्दछ । त्यसका लागि सञ्चारमाध्यम एक्टिभ भएर लाग्नु पर्दछ । सञ्चारमाध्यमले ठाउँठाउँमा कोभिड संक्रमितको अवस्था, उपचार व्यवस्था, औषधीको अवस्था, कालोबजारी लगायतका बारेमा नियमित समाचार ल्याउनु पर्दछ । यसले सरकारको ध्यानाकर्षण गर्दछ ।

नेपालमा रेम्डिसिभिरको कालो बजारी भैरहेको सुनेको छु । यही दिल्लीमा पनि ५० हजार भारुसम्म किनेर रेम्डिभिसिर बिरामीका आफन्तले मेरो हातमा दिएका छन् । रेम्डिसिभिरले कोभिडमा हेल्प गर्दछ । तर, समयमा दियो भने मात्रै काम गर्दछ । डेक्सामेथासोन पनि कोभिडमा काम गर्दछ । मैले डेढ बर्षको अवधीमा महसुस पनि गरेको छ । तर, समयमा नदिने हो भने काम गर्दैन । पिपिआर पोजेटिभ आएको पहिलो सातामा नै बिरामीलाई रेम्डिसिभिर दिनु पर्दछ । अक्सिजन अस्थिर भएपछि रेम्डिसिभिर चलाउनु सुरु गर्नुपर्दछ । सिटि स्क्यान गरेरे हेरेपछि रेम्डिसिभिर चलाउनु पर्दछ । अहिलेसम्म समयमा रेम्डिसिभिर दिंदा काम गरेको छ ।

दिल्लीमा कोरोना पोजेटिभ बिरामीलाई पहिलो साता भित्रै बिरामीको अक्सिजन लेभल कम भयो र ज्वरो कम भएन भने रेम्डिसिभिर स्टार्ट गर्दछौं । आवश्यक परेको बेलामा सरकारले सहयोग गरेर झन् सस्तो उपलब्ध गराउनु पर्नेमा कालोबजारी किन्नु पर्ने अवस्था दुःखद् हो । त्यस विरुद्ध स्थानीय प्रहरी प्रशासनले आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्दछ । प्रहरी, प्रशासनले चाह्यो भने कालोबजारी रोक्न सक्दछ । सञ्चारमाध्यम र प्रशासन एक्टिभ हुने हो भने ब्ल्याक मार्केटिङ हुन सक्दैन ।

नेपालगन्जमा के छ भने मान्छेहरु औषधी खाँदैनन् । महामारीका बेला खोप आयो भने नलगाउने, विभिन्न रोगको औषधी खुवाउँदा नखाएका थुप्रै उदाहरण छन् । खोप लगाएकालाई कोभिडमा धेरै फाइदा भएको छ । नेपालगन्जमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा लापरवाही भएको थियो पहिलो लहर पछि । मास्क, सेनिटाइजरको प्रयोग गर्ने, पोषिलो खानेकुरा खाने गर्नुपर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया