कोभिड नियन्त्रण पहलमा प्रदेश सांसद गौतम

कोरोनाको दोस्रो लहर बाँकेमा फैलिएसंगै बाँके क्षेत्र नं. ३ ख बाट लुम्बिनी प्रदेशसभा सदस्य बाबुराम गौतम बाँकेको लागि आवश्यक पहल गर्दै आएको बताएका छन् । प्रदेश सांसद गौतमले स्थानीय प्रशासन, आफ्नो क्षेत्रमा पर्ने स्थानीय तह, स्वास्थ्य प्रमुखहरूको सल्लाह सुझाव अनुसार प्रदेश सरकारसंग पहल गर्दै आएको बताए ।

यो एक्लै सरकारले जित्ने लडाईं होइन, सांसद गौतमले नेपालगन्जन्यूजसँग भने, प्रत्येक नागरिक जिम्मेवार र जवाफदेही बन्नुपर्छ


सांसद गौतमले आफुले बाँकेको वास्तविक अवस्था प्रदेश सरकारलाई जानकारी गराउँदै ५० लाख रुपैयाँ भेरीका लागि ल्याउन सफल भएको बताए । उनले यो महामारी नियन्त्रणमा सबैको भूमिका हुनुपर्ने बताउँदै आगामी वर्षको लागि के कस्तो कार्यक्रम योजना ल्याउनु पर्छ त्यसको लागि भेरी अस्पताल विकास समिति अध्यक्ष प्रमोद धिताल, अस्पताल प्रमुख डा। प्रकाश थापा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, स्थानीय तहका प्रमुखलाई लिखित सुझाव मागेको बताए । स्थानीयतहका प्रमुख उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मीहरुसंग निरन्तर सम्पर्कमा रही आफ्नो निर्वाचन क्षेत्रमा कोभिडको अवस्था बुझ्ने र आवश्यकता अनुसार पहल गर्दै आएको सांसद गौतमले जानकारी दिए ।
पहिलो लहरमा पनि प्रदेशले बाँके लगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गरेको प्रयासका कारण नियन्त्रणमा आएको र अब पनि समन्वयमा सबैले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सके कोभिड नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । यो एक्लै सरकारले जित्ने लडाईं होइन, सांसद गौतमले नेपालगन्जन्यूजसँग भने, प्रत्येक नागरिक जिम्मेवार र जवाफदेही बन्नुपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया