अस्पतालनै असुरक्षितः कुटिन थाले स्वास्थ्यकर्मी

अहिलेको महामारी नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्यकर्मी रोगबाट मात्र नभैइ कतिपय अबस्थामा संक्रमितका आफन्तबाट पनि असुरक्षित बन्ने गरेका छन् ।

भेरी अस्पताल नेपालगन्ज जो कोरोना संक्रमितको उपचारको निकै चाप खेपिरहेको अस्पताल हो आज त्यही अस्पतालमा यस्तै खालको घटना भएको छ । अस्पतालमा उपचारका क्रममा संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मी कुटिएका छन् ।

भेरी अस्पतालको कोभिड वार्डमा बिरामीको निधन भएपछि आक्रोश मा आएर आपतकालीन कक्षका स्वास्थ्यकर्मी कुटपिट गरेको बताइएको छ । इमर्जेन्सीमा कार्यरत हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीलाई आफन्त गुमाएका एकजना कुरुवाले डाक्टर खै भन्दै २ झापड हानेर भागेको ती स्वास्थ्यकर्मीले बताए । उनले भने म इमर्जेन्सीमा एउटा सिरिएस केश डाक्टरसंगै हेरिरहेको थिए एक्काशी आएर कुटपिट गरे । यस्तो महामारीमा आफ्नो ज्यानको बाजि लगाएर अरुको ज्यान जोगाउने हामी नै यसरी असुरक्षित बनेपछि कसरी काम गर्ने भन्दै पीडित स्वास्थ्यकर्मीले दुखेसो पोखे ।
यसैबीच, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा र अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले शुक्रवार प्रेस विज्ञप्तिमार्फत अस्पतालमा सुरक्षा र घटनाको अनुसन्धान गरि दोषीलाई कारबाही माग गरेका छन् । (हेर्नुस् विज्ञप्ति)

प्रतिक्रिया

प्रतिक्रिया