आज अलबिदा जुमा ! घरमै नमाज

आज शुक्रबार मुस्लिमहरु अलबिदा जुमाको दिन घरमै नमाज पढेका छन् । ओलेमाहरुले गरेको छलफल र बैठकको निष्कर्ष अनुसार महामारीको बेला परिस्थितिलाई मध्ये नजर गर्दै मश्जिदमा सामुहिक नमाज अदा नगर्ने निर्णय गरेका हुन् ।

मुस्लिम समुदायको पवित्र महिना रमजान करीमको अन्तिम जुमा (शुक्रबार) हो । आजको दिन मुस्लिम समुदायमा दान गरिन्छ, गरीब गुरबालाई खाना खुवाईन्छ लत्ताकपडा जुत्ता चप्पल बाडिन्छ । अनि अलबिदाको नमाज सबभर शहरको जामा मश्जिदमा अदा गरिन्छ किनभने जामा मश्जिदमा नमाज अदा गर्दा बढी पुण्य प्राप्त हुने यो समुदायको मान्यता छ । तर यसपालि अलविदा जुमाको नमाज मश्जिदहरुमा सार्वजनिक रुपले हुदैंन् । किनभने विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण सरकारले लकडाउन घोषणा गरेको छ ।


सम्बद्ध जानकारका अनुसार, इस्लामले भन्छ जुन कि तिमी जुन देशमा बस्छौ त्यसको कानून नीतिनियम (शरीयते इस्लामसंग नबांझिने गरी) को पालना गर्नु तिम्रो दायित्व हो ।
सम्पूर्ण मुस्लिम समुदायले आजको दिन घरमा जुहरको नमाज पढ्दै रमजान करीमको अन्तिम जुमा अलबिदा जुमालाई बिदाई गरेको धार्मिक अगुवाहरुले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया