पछिल्लो २४ घण्टामा मुलुकभर ९,०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसक्रममा बाँकेमा विहीवार पनि पाँच सय संक्रमित थपिएका छन् । (हेर्नुस् रिपोर्ट)

भेरी अस्पताल, बागेश्वरी ल्याब र नेपालगन्ज मेडिकल कलेजको ल्याबमा गरिएको ९२७ परीक्षणमा ७ सय संक्रमित पुष्टि भएकोमा ५ सय बाँकेमामात्रै हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।