‘हाम्रो प्लाज्मा’ जीवन जोगाउने अभियान

कोरोना भाइरस संक्रमण निको भएकाहरुलाई गम्भीर बिरामीको उपचारमा सहयोग पुर्याउन नेपालगन्जका युवाहरुले ‘प्लाज्मा डोनेट’ अभियान चलाएका छन् ।
भव्य अग्रवाल सहित नेपालगन्जका केही युवाहरुले ‘हाम्रो प्लाज्मा’ नाममा ‘प्लाज्मा डोनेट’ अभियान चलाएका हुन् । चार जनाले यो अभियानमा ‘प्लाज्मा डोनेट’ गरिसक्नु भएको छ, अभियन्ता अग्रवालले प्लाज्मा दिन इच्छुकले होस् वा लिन आवश्यक विरामीले आफुहरुलाई सम्पर्क गर्न आग्रह गर्दै दैनिक नेपालगन्जसँग भने, सयबढीले ‘प्लाज्मा डोनेट’ गर्न आफु तयार रहेको जानकारी गराइसक्नु पनि भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर आईसियूमा उपचारत एकजना बिरामीको लागि मंगलवार प्लाज्मा दान गर्दै डा. देवेन्द्र आचार्य । डा. आचार्य कोरोना संक्रमितहरुको उपचारमा रहँदा आफैपनि संक्रमणमा परि निको भइसकेका हुन् ।


कोरोना संक्रमणबाट स्वास्थ लाभ अर्जित गरिसकेका मानिसहरुले प्लाज्मा ‘डोनेट’ गर्नमा किंचित पनि डर, शंका अथवा संदेह लिनु नपर्ने सम्बद्ध विज्ञहरुले भन्दै आएका छन् । सम्बद्ध विज्ञहरुले भनेका छन्, प्जाज्मा ‘डोनेट’ गर्दा दाताको शरीरमा कुनै किसिमको कमजोरी आउँदैन र तपाईको शरीरबाट बाहिरिएको प्लाज्मा २ दिन मै ‘रिकभर’ हुन्छ । मनिक टण्डन सहित अभियानमा सक्रिय भव्य अग्रवालले जिल्लाका सबै निड्डी पिपुलसँग आफुहरु पुग्न चाहेको जानकारी दिंदै त्यसका लागि फेसबुक पेजमार्फत अभियान चलाएको बताए । सहयोगीहरु दातालाई स्मारिका दिने गरिएको अभियन्ता अग्रवालले बताए ।


भेरी अस्पतालमा प्लाज्मा थेरापी गर्दै आएका डाक्टर खगेन्द्रजंग शाहले संक्रमणको अघिल्लो चरणमा निकै प्रभावकारी मानिएको प्लाज्मा थेरापी यो पटक दोस्रो लहरमा भने कमै उपयोग भइरहेको बताए । संक्रमणदर उच्च भएकाले निको भएको एकसाताभित्रका व्यक्तिको प्लाज्मामात्रै लिने गरिएको डा. शाहले बताए ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले आफूखÞुशी प्लाज्मा ‘डोनेट’ गर्न सम्बधितहरु सम्पर्कमा आउने गरेको जानकारी दिए । अघिल्लो वर्षभन्दा यसपटक डोनर अभाव देखिएको जानकारी दिंदै डा. थापाले उपयोग पनि कम भइरहेकाले अभाव जस्तो नदेखिएको बताए ।


संक्रमितको उपचारमा प्लाज्मा थेरापीमा दाता कोरोना संक्रमितका लागि उपलब्ध भ्याक्सिनका रुपमा उपयोगी हुने सम्बद्ध विज्ञहरु बताउने गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया