कोरोना कहरः भेरीमा ३७५ थपिंदा देशभर अहिलेसम्मकै उच्च संक्रमण

पछिल्लो २४ घण्टामा भेरी अस्पतालले ५८३ नमुना परिक्षण गरिएकोमा ३७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । भेरी अस्पतालका अनुसार, बाँके सबैभन्दा प्रभावित रहने क्रम जारी छ । नयाँ संक्रमणमा बाँकेका मात्र ३१६ जना अर्थात् ८४ प्रतिशत छन् । पालिकामा समेत नेपालगंज उपमहानगरपालिका २५६ जना अर्थात् ६८ प्रतिशत छन् ।


आइतवारनै नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ४८ हजार ७ सय ११ छन्।

गत २४ घण्टामा एक हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८३ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३ सय २५ पुगेको छ।

प्रतिक्रिया

प्रतिक्रिया