विहीवार दिउसो सार्वजनिक गरिएको पछिल्लो २४ घन्टामा परिक्षण गरिएका कुल २८८ नमूनाबाट २१४ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले विश्लेषण सहितको नतीजा सार्वजनिक गर्दै पछिल्लो नतीजामा पोजेटिभिटी रेट ७४.३ प्रतिशत रहेको खुलाएको छ । भेरीका अनुसार, २१४ मा १३२ जना पुरुष र ८२ जना महिला रहेका छन् । जसमा बाँकेका १९२, बर्दिया १२, सुर्खेत ३, र बाँकी अन्य जिल्लाबाट ।

पालिका अनुसार नेपालगन्ज उपमहानगरपालिकाबाट मात्र १९२ जना पहिचान भएका छन् । उमेर समुहमा २० वर्ष देखि ५० वर्ष उमेर समुहका मात्र १३७ जना छन् जुन कुल पहिचान भएको संख्याको ६४ प्रतिशत हुन आउँछ । (हेर्नुस भेरीले बनाएको ग्राफ चार्ट)


जोखिममा काम गर्दै स्वास्थ्यकर्मीः भेरीका ८३ जना संक्रमित