बुधबार बाँकेमा ४८४ जना संक्रमित थपिएका छन् । ७५३ जनाको स्वाब जाँच गरेकोमा ५५३ जनामा संक्रमण पुष्टि भयो । त्यसमध्ये ४८४ जना बाँकेका रहेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।
भेरी अस्पताल नेपालगन्जमा २ सय ३३ कोरोना भाइरसका संक्रमित थपिएका छन् । गत ३६ घण्टामा २ सय ८८ जनाको स्वाब परीक्षण गर्दा २ सय ३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यो परीक्षण गरेका नमूनाको करिव ८१ प्रतिशत भएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका अनुसार संक्रमण देखिएका मध्ये ७५ प्रतिशत २० देखि ५० बर्ष उमेर समूहका छन् । जसमा बाँकेका २ सय ८, बर्दियाका १३, कैलालीका २, दाङका २ जना र अन्य जिल्लाका ८ जना रहेका छन् । बुधबार भेरीमा संक्रमण पुष्टि भएका मध्ये नेपालगन्ज उपमहानगरपालिकाका मात्र १ सय ८२ जना रहेको अस्पतालले जनाएको छ ।
नेपालगन्ज मेडिकल कलेजमा १८० जना र बागेश्वरी ल्याबमा ९३ जना संक्रमित पुष्टि भएको हो । भारतबाट आउँदै गरेका ६६ जनाको चेकजाँच गरिएकोमा ६ जना संक्रमित रहेको र उनीहरुमध्ये ३ जना बाँकेको रहेको ओलीले जानकारी दिए ।
कोरोना कहरः बाँकेमा ज्यान जानेको संख्या दुई सय नाघ्यो