कोरोना कहरः बाँकेमा ज्यान जानेको संख्या दुई सय नाघ्यो

पछिल्लो एक कर्षयता सन्त्रास बनेको कोरोना भाइरसको संक्रमणका क्रममा बाँकेमा उपचारका क्रममा ज्यान जानेको संख्या दुई सय नाघेको छ । गत वर्ष वैशाख १९ गते पहिलो व्यक्तिलाई कोरोना पुष्टि भएको बाँकेमा दोस्रो चरणसम्म आइपुग्दा जिल्ला भित्रका सय जनाले ज्यान गुमाएका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गर्न आउँदा मृत्यु हुनेको संख्या १ सय ८ पुगिसकेको छ ।
नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा आज बुधबार दिउँसो २ बजे एकजनाको मृत्युसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय पुगेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेज ओलीले बैजनाथ गाउँपालिका वडा नं. ६ का ५६ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको जानकारी दिए ।
स्वास्थ्यमा समस्या आएपछि वैशाख १३ गते भर्ना भएका उनको मंगलबार पीसीआर गरिएको थियो । दिउँसो २ बजे उनको मृत्यु भएको ओलीले जानकारी दिए । ज्यान जानेहरु विभिन्न कारणले मृत्यु भएका पनि छन् । तर, उनीहरुमा कोरोना भाइरस पोजेटिभ पाइएकाले संक्रमणका कारण मृत्यु हुने सूचीमा राखिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया