बाँकेका विभिन्न ४ ठाउँमा गरेको चेकजाँचका क्रममा ४२९ जनामा संक्रमण फेला परेको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका फोकल पर्सन तेज ओलीका अनुसार, ६५५ जनाको परिक्षणका क्रममा ४२९ जनामा संक्रमण पुष्टि भएको हो । ती मध्ये १६१ महिला सहित ३४७ जना बाँकेका हुन् ।