जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर [डिसिसिएमसी] बाँकेले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्न सिफारिस गरेको छ । मंगलबार भएको बैठकले बाँकेमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तिमा एक साताको लकडाउन गर्नुपर्ने सिफारिस प्रमुख जिल्ला अधिकारी समक्ष गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारीले त्यसबारे थप निर्णय लिनेछन् ।
सम्भवत बिहीबारदेखि बाँके वा नेपालगन्ज मात्रै भएपनि लकडाउनको तयारी अघि बढेको छ । अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड समेत अभाव हुन थालेपछि लकडाउन बाध्यकारी भएको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले डिसिसिएमसीले लकडाउन सिफारिस गरेको र एक÷दुई दिनभित्रै बाँके वा नेपालगन्ज मात्रै भएपनि लकडाउनको निर्णय प्रमुख जिल्ला अधिकारीबाट हुने सम्भावना रहेको जानकारी दिएका छन् ।