सञ्चालनमा आयो फेरि कोभिड आइ.सि.यु.

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्जले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा शुक्रवारबाट कोभिड आइसियु पुनःसञ्चालनमा ल्याएको जनाएको छ ।

पहिलो चरणमा ४ सय ८६ जना विरामीहरुको उपचार गरेको शिक्षण अस्पताल कोहलपुरले भेरीमा विरामी चाप धान्न नसक्ने अवस्था आएपछि आफ्नो आइसियु पुनः सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेश कनोडियाले जानकारी दिए ।


‘शिक्षण अस्पताल, कोहलपुरमा १५ बेडको कोभिड–१९ आइ.सि.यू. र ३० बेडको आइसोलेसन वार्ड संचालनमा ल्याएका छौं,’ सहायक निर्देशक डा. कनोडियाले भनेका छन् , ‘अस्पतालले दिने गरेको अन्य सेवाहरु समेत सुचारुनै रहनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया