कस्ले लेला बाँकेका पत्रकारको नेतृत्व ?

नेपाल पत्रकार महासंघ बाँकेको आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि नेतृत्वमा तीन जनाले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि डक्ट प्रसाद धिताल, दामोदर भण्डारी र नविन गिरीको उम्मेदवारी परेको हो ।

त्यस्तै उपाध्यक्षमा सकिल अहमद कादरी र संगीन शर्मा, महिला उपाध्यक्षमा रेजिना मल्ल र करुणा शाह, सचिवमा कमल डाँगी, क्षेत्रनाथ देवकोटा (आकाश), अमृता केसी र गजेन्द्र गुरुङ्गको उम्मेदवारी परेको छ ।

सहसचिव समावेशीमा भगतराम थारु, हेमन्त चौधरी, सहसचिव खुलामा आलम खान, कृष्ण ओली, समिरमान श्रेष्ठ, कोषाध्यक्षमा देबेन्द्रराज पौडेल, विनोद पौडेलको उम्मेदवारी परेको छ । देबेन्द्र दैनिक नेपालगन्जका सहसम्पादक हुन् ।

निर्वाचन समितिका संयोजक पूर्णलाल चुके

महिला सदस्यमा लक्ष्मि तिमिल्सिना र साबित्री गिरी, दलित सदस्यमा पवित्रा परियार र कालि बहादुर परियार, आदिबासी जनजाति सदस्यमा प्रज्वल श्रेष्ठ, राधेश्याम चौधरी, मधेसी सदस्यमा गिरिश गुप्ता र भीष्म लोध, अन्य समावेशी सदस्यमा मोबिनुद्दिन सिद्दीकी र मोहम्मद जाबेद हलवाईको उम्मेदवारी परेको छ ।

खुला सदस्यमा जाबेद अहमद शाह, दिनेश ठाकुर, खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने, सौरभ गिरी, निर्मल आचार्य, सुनिल रेग्मी, राम बहादुर रावत, हेमराज भट्ट, मन भण्डारी, यदुराज मिश्र, सर्जन कुमार आरसी, चन्दा सिंह कसेरा, रविन्द्र सिंह ठकुरी, चन्द्र बोहोरा, रवि रोकाय, नन्दलाल देवकोटा, खिम प्रसाद घिमिरेको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक पूर्णलाल चुकेले जानकारी दिएका छन् । यस्तो छ, उम्मेदवारको सूची

प्रतिक्रिया

प्रतिक्रिया