बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाले जिल्लामा कुनै पनि सशस्त्र समूह अस्तित्वमा नरहेको प्रष्ट पारेका छन् ।

भूमिगत सशस्त्र समूह ज्वालासिंहको नाममा डर धम्की देखाई चन्दा असुली गर्दै आएका चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेपछि प्रहरी उपरीक्षक रानाले दैनिक नेपालगन्जसँग भने, ‘जनताले आफुलाई कसैले डराएको धम्काएको सूचना दिए हामी तत्काल पक्राउ गर्न सक्छौं ।’
आफुले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि ५ सय ५७ जना फरार अपराधी पक्राउ गरिएको जानकारी दिंदै प्रहरी उपरीक्षक रानाले त्यत्तिनै संख्यामा विभिन्न अपराधमा संलग्नलाई पक्राउ गरि कानुनी कारबाहीका दायरामा ल्याइएको जानकारी दिए ।