राप्तीपारिबाट पेट्रोलियम तस्करी

प्रहरी कारबाही थालियो: दुई हजार लिटर डिजेल बरामद

नरैनापुर क्षेत्रबाट भारत तर्फ पेट्रोलियम तस्करी बढेपछि प्रहरी कारवाही बाँके नरैनापुर क्षेत्रबाट भारत तर्फ भइरहेको पेट्रालियम पदार्थ तस्करी विरुद्ध कारवाही गर्दा प्रहरीले दुई हजार लिटर डिजेल बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले कारवाही गर्दा नरैनापुर गाउँपालिका वडा नं.१ बाट भारत तर्फ तस्करी हुन लागेको दुई हजार लिटर डिजेल बरामद गरेको हो । गोप्य सूचनाका आधारमा कारवाही गर्दा भे.१ ख.२९६० नं.को मिनि ट्रकमा भारत तर्फ चोरी निकासी गरिरहेको अवस्थामा सिमाक्षेत्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद भएको डिजेल आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमले बताए । सिमाक्षेत्रबाट भारत तिर भइरहेको पेट्रोलियम तस्करी विरुद्ध कडाई गरिएको उनले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया