पीडा सम्बोधन गर्न जनप्रतिनिधिलाई द्वन्द्व पीडितको आग्रह, सवाल सम्बोलनको पहल गर्ने जनप्रतिनिधिको भनाइ

इन्टरनेशनल एलर्डसंगको सहकार्यमा महिला कानून र बिकास मञ्चले बाँके जिल्लाको बैजनाथ गाउँपालिकाका द्वन्द्व पीडितसंग स्थानीय सरकार बिषयक सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । द्वन्द्व पीडित, स्थानिय सरकारका प्रतिनिधि, टिजे संजालमा आवद्ध पदाधिकारी, नागरिक समाजका प्रतिनिधिको कार्यक्रममा सहभागिता रहेको थियो ।
सम्बाद कार्यक्रममा न्यायका लागी द्धन्द्ध पीडित समाज बाँकेका पुर्व अध्यक्ष मुकुन्द वली, बेपत्ता परिवारकी उत्तिमा रोकाय, उषा दाहाल, योगमाया दाहाल, यातना पीडित पार्वती बुढा, कुवेर बहादुर रिजाल, अपाङ्ग सर्जनराम बिक लगायतका द्धन्द्ध पीडितहरुले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा आफुहरुको महत्वपुर्ण योगदान भएको उल्लेख गर्दै दैनिक गुजारा चलाउन, हातमुख जोड्न, घरब्यवहार चलाउन, बालबच्चाको शिक्षादिक्षा र स्वास्थ्य उपचारमा समस्या भैरहेको पीडा पोखेका थिए । आफ्नो पीडा सरकारले नसुनेकोमा दुख लाग्ने गरेको गर्दै पीडितहरुले स्थानिय सरकारले पीडितहरुलाई लक्षित वर्ग मानी पीडितहरुको आवश्यकता र चाहाना अनुसारका परिपुरणका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।
स्थानिय सरकारले द्धन्द्ध पीडितका लागी लक्षित गरेर हालसम्म कुनै कार्यक्रम नल्याएको भन्दै उनीहरुले पीडितको पीडामा मलम पट्टी लाउने खालका कार्यक्रम ल्याउन माग गरेका थिए । पीडितहरुको यकिन तथ्याङ्क संकलन गरि उनीहरु लक्षित कार्यक्रम ल्याउन, पीडितहरुको सम्मानका लागी परिचयपत्रको ब्यवस्था गर्न, हत्या गरिएका/बेपत्ता पारिएका ब्यक्तिको नाममा सम्झनामा बाटोघाटो पार्कको नामाकरण गर्न पीडितहरुले माग गरेका थिए ।

सम्बाद कार्यक्रममा मन्तब्य राख्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले द्धन्द्ध पीडितको बलिदानी र योगदानबाट देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा मद्धत मिलेको चर्चा गर्दै पीडितहरुको सशक्तिकरण र न्यायका लागी आफुहरु प्रतिवद्ध रहेको बताएका थिए । पछाडी परेका, दलित, महिलाका लागी स्थानिय सरकारले कार्यक्रम ल्याएको र त्यसै भित्र द्धन्द्ध पीडित पनि पर्ने भएकाले त्यस्ता कार्यक्रमबाट द्धन्द्ध पीडितहरुलाई मद्धत पुग्ने अध्यक्ष रुचालले बताए । महिला, दलित लगायतका लागी पालिकाले एकमुष्ट बजेट छुट्याएको उल्लेख गर्दै द्धन्द्ध पीडितहरुले कार्यक्रम माग गरेको परिप्रेक्ष्यमा पीडितहरुलाई कस्ता कार्यक्रमहरुको आवश्यकता पर्दछ भन्ने बारेमा पीडितका प्रतिनिधिहरुसंग बसेर कार्यक्रम बनाउन पालिका तयार रहेको अध्यक्ष रुचालले बताए । पीडितका सुनासै सुनासो सुने पालिका अध्यक्ष रुचालले अगाडी भर्ने हामीले एकमुष्ट बजेट छुट्याएका छौ । द्धन्द्ध पीडितलाई कस्तो कार्यक्रम चाहिन्छ भन्ने बारेमा छलफलका लागी पालिकामा आउनुस’ । सवाल सम्बोधन नभएसम्म निरन्तर आवाज उठाईरहनुस ’
कार्यक्रममा टिजे संजाल बाँकेकी संयोजक चन्द्रकला उप्रेतीले आफ्ना सवाल सम्बोधनका लागी पीडितहरु एकजुट हुनु पर्नेमा जोई दिईन । पीडितहरु गाँसवास, कपास, शिक्षा, स्वास्थ्य लगायतका बिभिन्न समस्याबाट गुज्रेको उल्लेख गर्दै उप्रेतीले पीडितको तत्कालको समस्या सम्बोधनमा स्थानिय सरकार गंभिर बँन्नु पर्ने बताईन ।
कार्यक्रममा द्धन्द्ध पीडित समेत रहेकी महिला नेतृ मिरा कार्कीले द्धन्द्ध पीडितको योगदानका कारण देशमा लोकतान्त्रिक गणतन्त्रिक संबिधान निर्माणमा मद्धत पुगेको भएता पनि दिनानुदिन पीडामा रहेका पीडितको सवाल सम्बोधन नहुदा ज्यादै दुख लाग्ने गरेको बताईन । सम्बोधनका क्रममा भावुक बन्दै कार्कीले सहिद बेपत्ता लगायतका द्धन्द्ध पीडितले पु¥याएको योगदानको कदर गर्दै उनीहरुको सवाल सम्बोधनमा स्थानिय सरकार गंभिर बन्नु पर्नेमा जोड दिएकी थिईन ।
पीडितका पीडा र गुनासा सुने पश्चात प्रमुख अतिथिको आशनबाट बोल्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले जसको योगदानले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना संभव भयो उनीहरुको कदर गरिनु पर्ने भन्दै पीडितको सवाल सम्बोधनका लागी पीडितहरुसंग छलफल गरेर अगाडी बढ्न चाहेको बताएका थिए । सम्बाद कार्यक्रममा लाई सम्बोधन गर्दै अध्यक्ष रुचालले भर्ने पालिकामा आउनुहोस तपाईका मागहरु के के छन् बसेर छलफल गरौ । छुट्याएको बजेटबाट पीडितका आवश्यकता र चाहाना अनुसारका कार्यक्रम ल्याउँ ’ ।
सम्बाद कार्यक्रममा महिला कानून र बिकाश मञ्चका बाँके जिल्ला संयोजक बसन्त गौतमले कार्यक्रमको उदेश्यका साथै मञ्चले गर्दै आएका कार्यहरुका बारेमा जानकारी गराएका थिए भने इन्टरनेशनल एलर्डका शोभा चौधरीले परियोजना अन्तरत गरिदै आएका गतिबिधि र क्रियाकलापाबारेमा स्पष्ट पारेका थिए ।
पालिका स्तरिय पीडितहरुको समिति गठन
द्धन्द्ध पीडितका सवाल सम्बोधनको पहल गर्न द्धन्द्ध पीडित मिरा कार्कीको संयोजकत्वमा १४ सदस्यिय बैजनाथ गाउँपालिका स्तरिय पीडितहरुको समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा उत्तिमा रोकाय, पार्वती बुढा, गौरी थारु, सुन्दरकली थारु, रामचन्द्र देवकोटा, बसन्ता रोकाय, जानकी बुढा, हुर्मत शर्मा, बिवेक सुनार, सर्जन बिक, प्रतिमा चौधरी, कमला बिक, पुजा लामा रहनु भएको छ । समितिको सल्लाहकारमा कुवेर रिजाल र मुकुन्द वली रहनु भएको छ । समितिले स्थानिय सरकार लगायतका सरोकारवालासंग समन्वय गरि पीडित लक्षित कार्यक्रमका लागी वकालत गर्ने जनाईएको छ ।