बागेश्वरी मन्दिरको सम्पत्ति खोजबीनका क्रममा कारोबार रोकिएको करमोहनाको जग्गाको कारोबार खुला हुने भएको छ । त्यहाँका जग्गाधनीहरुले निरन्तर संघर्ष गर्दै आएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफल पछि कारोबार खुल्ला गरिएको करमोनहना रैकर गुठी संघर्ष समितिले जानकारी दिएको छ ।
जानकी गाउँपालिका वडा ३ (इन्द्रपुर ३ क) को करिब ८४ विगाहको जग्गा कारोबार रोकिएको थियो । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, मालपोत, नापीका प्रमुख, नगर, वडा लगायत स्थानीय तहका प्रमुखको पहलमा समस्या समाधान भएको करमोहना गुठी रैतान संघर्ष समितिका प्रवक्ता सन्तकुमार बर्माले जानकारी दिएका छन् । ‘गुठी रैतान नम्बरी जग्गाको कारोबार रोकिएको थियो’, उनले भने, ‘अब खुल्ला हुने भयो ।’