आज हामी बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा समय सान्द्रभिक विषयवस्तुमाथि चर्चा गर्नेछौं हो त्यो विषय हो दाईजो र दाईजोका कारण गरिने आत्महत्या । आजभोलि दाईजोप्रथा मुस्लिम समुदायभित्र क्यान्सर रोग झै फैलिएको छ ।

केही यता भारतमा आईशा आरिफ खान भन्ने एक जना महिलाले दाईजोकै कारण नदीमा हाम फालेर आत्महत्या गरेकीछिन् । यहां नेपाल र भारतको कुरा संगसगैं गर्नुको कारण यो छ कि यी दुबै देश एक आपसमा सटेर रहेका यस्ता छिमेकी मुलुक हुन् जसको रोटीबेटीको सम्बन्ध त छदैंछ । त्यसका साथै अधिकांश कुरा मिल्दाजुल्दा छन् जस्तै सामाजिक रितिरिवाज, धार्मिक परम्परा, रहनसहन, विवाह–व्रतबन्ध, व्यापार व्यवसाय, खाद्मान्न, लुगाकपडा, दैनिक उपभोग गरिने वस्तुहरु खरिद बिक्री गर्न पनि एक अर्का माथि निर्भर रहन्छन् । संक्षिप्तमा भन्ने हो भने नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनैतिक र वैवाहिक नाता कायम छ । जसको प्रभाव पनि एक अर्कामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा परेकै हुन्छ । अधिकांश महिलाहरु दाईजोकै कारण शारारिक मानसिक यौनिक जस्ता हिंसाका सिकार हुदैंछिन् । दाईजोप्रथाका कारण घरेलुहिंसा र हिंसाका सिकार महिलाहरु आत्महत्या गर्न बाध्य हुन्छिन् । यदि नेपालको कुरा गर्ने हो भने यहाँ पनि महिलाहरु विभिन्न कारणले घरेलुहिंसा भोग्दैछिन् उदाहरणका लागि ६ चैत्र २०७७ शुक्रबारका दिन कान्तिपुर पत्रिकामा प्रकाशित समाचार अनुसार नेपालको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक केलाउँदा कर्णालीमा महिलामाथि हुने हिंसाको डरलाग्दो चित्र देख्न सकिन्छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ यता ३ सय ७९ महिलाले आत्महत्या गरेका छन् । पछिल्लो दुई वर्षको विवरण स्पष्ट नभए पनि २०७३÷७४ र २०७४÷७५ मा मात्र १ सय ५७ जना महिलाले घरेलु हिंसाकै कारण आत्महत्या गरेको कार्यालयको विवरणमा उल्लेख छ । यो त केवल एक प्रदेशको डाटा हो यदि देश भरीको डाटा संकलन गर्ने हो भने यसको रेसियो अझ बढी भटिन्छ । त्यस कारण अहिले अन्य कुरा बारे चर्चा नगरी हामी दाईजोप्रथा र त्यसको कारणले हुने वा गरिने आत्महत्या बारे चर्चा गर्नेछौं ।

सामाजिक परिवेश

आज हाम्रो समुदायभित्र दाईजो लिने र दिने कार्य आम भइसकेको छ । अनि छोरीलाई दाईजो दिनकै लागि छोरी जन्मिन साथ उसको दाईजोका लागि सरसामान र रकम जुटाउने हाम्रो चलन भइसकेछ । बरु छोरीको शिक्षा अधुरो रहोस् तर छोरीको शिक्षामा लगानी गर्दैन्न् । किन भने मैले आफ्नो छोरीलाई यति धेरै दाईजो दिए भनी दुनियाँलाई देखाउन समुदायभित्र एक सोच विद्यमान भइसकेछ । जसको फलस्वरूप आज बरु घर लिलाम हुन्छ आफु घरबारविहीन हुन पुग्छन् तर छोरीलाई फलाना भन्दा बढी दाईजो दिएर पठाउँछन् ।

उता छोरा जन्माउनेहरुको आफ्नै शान घमण्ड र सुरताल हुन्छ । छोरा जति बढी कमाउंछ त्यसको दररेट त्यही अनुसार तय गरेका हुन्छन् । भाग्यवश यति छोरा डाक्टर, इन्जीनियर वा सरकारी जागीरे भइदियो भने त यिनीहरुको लोटरी नै लागिहाल्छ । समाजमा यस्ता यस्ता परिवार भेटिन्छन् जसले बिसौं वर्ष सम्म सोफा किन्दैनन् । वर्षौ सम्म दराज, फ्रीज, कुलर यहाँसम्म कि आफैले चढ्ने मोटरसाइकिल समेत किन्दैनन् । यो सोचेर कि छोराको बिहे गर्दा बुहारीले दाईजोमा लिएर आउनेछिन् भनी । अझ कसै कसैले त आफ्नो डाक्टर वा इन्जीनियर छोराको विवाह तपाईको छोरीसंग गर्छु तर डाक्टर बन्नका लागि लाग्ने खर्च तपाईले व्योहोर्नुपर्छ । अनि आफ्नो छोरीका लागि राम्रो घर वर होस् भनी छोरीका अभिभावकहरुले त्यो लगानी समेत गर्छन् ।

इस्लाममा दाईजो

इस्लाममा दाईजो हराम छ वर्जित छ । शरीयते इस्लामले ’मयसर’ अर्थात भबकथ mयलभथ भन्नाले बिना मेहनत आएको रकम वा सरसामानहरुलाई हराम हराम हराम भनेछ । जसमा हाल दाईजो प्रमुख रुपमा रहेछ किनभने दाईजो स्वरूप आउने रकम गरगहना र सरसामानहरु मुफ्तमा बिना मिहेनत बेहुलीको अभिभावकहरुले बाध्यतावश दिने गर्छन् । यस बारेमा कसैलाई चित्त बुझेन् भने आफ्नो नजिकको मुफ्ती वा आलिमसंग प्रष्ट हुन सक्नु हुनेछ । अब यो कुराले यहाँ धेरै जनाले नाकमुख खुम्चियाउने छन् होला । यो भनेर कि दाईजो त पैगम्बर मुहम्मद सल्लाहो अलैहे वसल्लमले आफ्नी छोरी हजरत फातिमा सलामुल्लाह अलैहालाई दिनुभएको थियो अनि हामीले दिन र लिन नपाउने त । हो यसरी भन्नेहरुलाई सर्व प्रथम त यो प्रष्ट हुन जरूरी छ कि पैगम्बर मुहम्मद सल्लाहो अलैहे वसल्लमले आफ्नी छोरी हजरत फातिमा सलामुल्लाह अलैहालाई आफ्नो घरबाट कुनै सरसामानहरु दिनुभयो । उहांले आफ्नो छोरीको विवाह गर्नु हुने शेरे खुदा हजरत मौला अली अलैहिस्सलामलाई सानै देखि आफुले शिक्षादिक्षा र पालनपोषण गर्नुभयो । उहांको आफ्नो घर र घरबारका लागि चाहिने सरसामानहरु थिएन् । त्यसकारण उहांले हजरत अली मुश्किलकुशा शेरे खुदा अलैहिस्सलामका लागि विवाह पश्चात बस्न एउटा कोठा भाडामा हजरत अली अलैहिस्सलामले भुक्तानी गर्ने गरी दिलाउनुभयो । साथै घरव्यवहार चलाउन चाहिने आवश्यक सर सामान जस्तै ः जातो, मुसल्ला (नमाज पढ्ने कपडा), माटाका भाडा आदि किनेर दिनुभयो । तर त्यो उहांले आफ्नो रकमबाट किनेर दिनु भएको थिएन् । हजरत मौला अली अलैहिस्सलामसंग भएको ‘जिरह’ बेचेर आएको रकमबाट ती सरसामानहरु किनिएका थिए । त्यसकारण यो भ्रममा न पर्नुहोला कि पैगम्बर मोहम्मद सल्लाहो अलैहे वसल्लमले आफ्नो छोरीलाई दाईजो दिनुभएको थियो ।

इस्लाममा आत्महत्या

इस्लामको दृष्टिमा आत्महत्या महापाप हो र आत्महत्या गर्न पुर्णरुपले निषेध गरिएको छ । यसलाई कुरान मजीदमा पापको रूपमा वर्णन गरिएको छ। जुन हामी उदाहरण स्वरूप क्रमशः तल पढ्नेछौं ।

अलकुरान ः४ सुरह निशा ः आयातः २

‘हे मानिसहरू! एक अर्काको पैसा अवैध रूपमा नखानुहोस्, तर त्यो लेनदेन तपाईको पारस्परिक स्वीकृति (धर्म अनुसार) संग गरिन्छ र आत्महत्या नगर्नुहोस् । वास्तवमा अल्लाह तपाईलाई धेरै दयालु छ ।’ अल्लाहले आत्महत्यालाई मात्र प्रतिबन्धित गरेनन् अपितु यस अवधिमा वा यी परिस्थितिहरूमा मानवलाई उचित मार्गदर्शन पनि दिएको छ । जुन गरेर, आत्महत्या गर्न एकदम व्यर्थ साबित हुन्छ र व्यक्तिलाई यी परिस्थितिहरूको सामना गर्ने धैर्यता दिन्छ ।

आत्महत्या गर्ने कारणहरु

१. जीवनको उद्देश्य र इच्छा समाप्त भनेर

२.समस्या, शोक, निराशा

३.आत्मग्लानि आदि

यदि हेर्ने हो भने अधिकांश आत्महत्या गर्नेहरूले यस संसारको समस्याका कारणले यस संसारलाई सबै कुरा बुझ्छन् भन्ने तथ्यका कारण हुन्छन् र कुनै बिन्दुमा पुगेर ऊ आफ्नो लागि बाँच्ने कुनै साधन छैन भनेर महसुस गर्छ । धेरै जसो कसैलाई तब यो महसुस हुन्छ जब उनीहरूले संसारमा केहि प्राप्त गर्दैनन्, र कसैलाई महसुस हुन्छ जब उनीहरूले केही प्राप्त गर्छन् । किनभने धनी र सफल व्यक्तिहरूको आत्महत्याको आफ्नो छुट्टै कारण हुन्छ । यस विषयमा कुरान मजीद र इस्लामिक अकीदाको मार्गदर्शन छ जसबाट अझ प्रष्ट हुनेछ हेरौं ।

अलकुरानः६७ सुरह मुल्क ः आयातः २

कि यो जीवन अन्तको एक मात्र परीक्षा (परीक्षा) हो र वास्तविक जीवन मृत्युपछि मात्र हो ।

अलकुरान ः६ सुरह अलअनामः आयातः३२

र (यो) सांसारिक जीवन भनेको खेलकुदको बाहेक अरू केही कुरा होइन् र यो स्पष्ट छ कि अन्तिमको घर (अचेतन) त्यागको लागि उत्तम छ (यति धेरै पटक), के तपाईं बुझ्नुहुन्न् (त्यो पनि धेरै) । यसको अर्थ यो जीवन एक छोटो समयको अवस्था हो, चाहे तपाईं धनी होस् वा गरीब, जे होस् तपाईले जीवनमा के पाउनुभयो र जो यसबाट वञ्चित छन्। वास्तविक जीवन अन्तिमको हो र सदाको लागि हुनेछ । यदि यो उद्देश्य मानिसहरू सामु छ भने आत्महत्या गर्नु बेकार हो ।

२. समस्या, शोक, निराशा छाड्नुहोस्

यो आत्महत्याको प्रमुख कारण पनि हो । माथिका कुराले यसमा पनि मार्गदर्शन गर्दछ । तर यस बाहेक, कुरान पनि व्यक्तिलाई आशावादी र धैर्य रहन भन्छ ।

अलकुरानः ६५ःसुरह तलाकः आयातः २–३

जो अल्लाह र अन्तिम दिन (प्रलय) मा विश्वास गर्छ र जसले अल्लाह डराउँछ, उसले उसको लागि समाधान बनाउँछ । र उहाँलाई एक आजीविका प्रदान गर्दछ, जहाँबाट उसले अनुमान गरेन (समेत) र अल्लामा निर्भर गर्दछ कि, त्यसो भए त्यो उहाँको लागि पर्याप्त छ । त्यहाँ धेरै प्रिय र कडा शब्दहरू छन् जुन विश्वासी कहिल्यै निराश हुन सक्दैनन् ।

३.आत्मग्लानि आदि ।

धेरै चोटि एक व्यक्ति विगतमा गरिएको कार्यहरूको प्रति आत्मग्लानि बढाउँदै आफ्नो जीवन गुमाउँछ । यस सम्बन्धमा फारमान छ “आत्महत्या गर्नुको सट्टा (जसबाट त्यहाँ कुनै फाइदा छैन्), त्यस व्यक्तिले अल्लाहसँग माफी माग्नुपर्छ र आफ्नो कार्यहरू सच्याउनु पर्छ वा कुनै तरिकाले पश्चात्ताप गर्नुपर्छ ।

अलकुरानः सुरह २५ अलफुरकान ः आयातः७०

साथै, जसले माफी मागे र विश्वास गरे र असल कामहरू गरे, तब मात्र उसले अल्लाहलाई प्रतिस्थापन गर्दछ, जसका पापहरू सद्गुण छन् र अल्लाह एकदम कमजोर, दयालु छ ।

तर यस पश्चात पनि, जो कायरताको परिचय दिन्छ , आफ्नो अल्लाहको माथि विश्वास र भरोसा गर्दैनन्, उसको आदेशको अवहेलना गर्दै आफ्नो परिवारका सदस्यहरुको जीवनमा समस्या, दुःख उत्पन्न गर्दछन् । र आफ्नो जिम्मेवारीबाट भागेर आत्महत्या गर्छन् । तिनीहरू त्यसपछि अल्लाहको क्रोधको भागीदार भइ सजायको भागिदार बन्दछन् । जसरी फरमाउनु भयो अर्को आयात (आत्महत्यालाई वर्जित गर्दछ) मा ।

अलकुरानः४ सुरह निशाः आयातः ३०

र जो व्यक्तिले जबर्दस्ती अनाहक यस्तो गर्नेछ (आत्महत्या गर्नेछ) भने (याद राख्नुहोस्) हामी उसलाई चाडैंं नरकको आगोमा हाल्नेछौं यो अल्लाहको लागि सजिलो छ ।

साथै हदीसमा मोहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ले आत्महत्या गर्नेहरूलाई गम्भीर परिणामका साथ जानकारी फरमाउनु भयो । (सही बुखारीः ५४४२ र मुस्लिमः १०९)।

अतः थाहा भयो कि इस्लामले आत्महत्या गर्नुलाई हराम भनी निषेध गरेको छ तत्पश्चात पनि यदि कसैले आफुलाई र अरुलाई चोट पु¥याउँछ भने यस्तो कार्य गरेबापत उनीहरूलाई कडा सजायको चेतावनी समेत दिन्छ । समग्रमा भन्दा शरीयते इस्लाममा दाईजो र आत्महत्या दुबै हराम छ हराम छ हराम छ ।

यसको मुख्य कारण

विवाह गर्ने बेला अभिभावकले छोरीलाई छोरी हामीले त राम्रै घर र वर खोजेर बिहे गरिदिरहेकाछौं तर विवाह पश्चात केही गाह्रो साह्रो पर्यो भने हामी छदैंछौं यो घरको ढोका पछि पनि तिम्रो लागि खुल्ला रहनेछ । भन्नुको सट्टा छोरीलाई इमोशनल ब्ला‘कमेल गरी माइतकाले यो भनेर हिंसा सहन बाध्य बनाउन्छन् कि “छोरी यही संसार को रीत हो हरेक छोरीलाई जे जस्तो समस्या परे आफ्नै घरमा सहेर बस्नुपर्छ किन भने विवाहपछि छोरीको असल घर उसको पतिको घर हो । जहां दुल्ही भएर रातो सुहागको जोडामा जाने र त्यहांबाट मरेपछि सेतो कात्रो ओढेर मात्र निस्किनु । आज देखि हाम्रो कुल घरानको इज्जत मानमर्यादा सब तिम्रो हातमा छ । तिमीले हाम्रो शिर सधैं ठाडो पार्न सक्ने गरी जे जस्तो भए नि सहेर बस्नु एकदिन सब ठीक भइहाल्छ ।“ जसको परिणाममा कहिले काही सबै ठीक हुनु त परै जाओस् छोरीले आत्महत्या गर्नु पर्ने अवस्था आइहाल्छ ।आत्महत्या गर्ने कारणहरु मध्ये दाईजो पनि एक प्रमुख कारण हो ।

समाधान

दाईजोप्रथा अन्त्य गर्न छोरीहरुलाई शिक्षाका साथै पैतृक सम्पत्तिमा अधिकार दिनुपर्नेछ । अनि दाईजो लेनदेन गर्ने व्यक्तिहरुको घरमा काजी वा मौलानाहरुले निकाह नपढाउने मौखिक र लिखित ऐलान गर्नुपर्छ । माग अनुसार दाईजो दिन नसके प्रताणित गर्ने हिंसा गर्ने र गराउन प्रोत्साहित गर्नेहरुलाई सजायको दायरामा ल्याउने । जब दाईजो लेनदेनलाई बढावा दिने व्यक्तिहरु कानूनको कडघरामा उभियाएर सजाय दिलाउन पहल गरिन्छ तब यस्ता प्रवृतिका व्यक्ति हरु निरुत्साहित हुन्छन् । जसले गर्दा आउदां दिनमा कसैलाई आत्महत्या गर्न विवश हुनु पर्दैन् ।

चुनौती

सदियौं देखि चलिआएको दाईजो लेनदेनको चलन सहजै समाप्त हुँदैन । मानिसहरुलाई बिना मेहनत दाईजोको नाममा ऐश र मोज गर्ने बानी परिसकेछ । उनीहरु सहर्ष यी सुविधा आफ्नो हातबाट जान दिन चाहदैनन् । छोरीका अभिभावक हरुमा पनि दाईजो बिना छोरी पठाए उसलाई नानाथरी कुरा सुनाईन्छ घरजम गर्न गाह्रो हुनेछ भनी सोचले दाईजो दिन बाध्य बनाउने वातावरण हुनु पनि ठुलो चुनौतीको रुपमा विद्यमान छ । अनि दाईजो विरुद्घ कानून हुदांहुदैं यसको कार्यान्वयन पक्ष फितलो छ ।अनि आत्महत्या गर्न उत्साहित गराउने व्यक्ति लाई सजाय नहुनु पनि एक चुनौती नै हो जसले यस्ता अपराधलाई बढावा दिदैंछ ।

गर्नुपर्ने पहल

दाईजोप्रथा र दाईजोप्रथाका कारण हुने आत्महत्याका घटनाहरु न्यूनीकरण गर्न अब समुदाय स्तरबाट नै पहल हुनुपर्छ । छोरीका अभिभावकहरुले आफ्नो डर र छोराका अभिभावकहरुले लोभका कारण दाईजो लिनेदिने गर्छन् । त्यस कारण अब छोरा र छोरीहरुले आफै दाईजो लिन र दिन रोक्न पहल गर्नुपर्छ । अब युवापिढीले दाईजो रहित विवाह गर्नुपर्छ । जसमा सरकार समाज र प्रहरी प्रशासनले अहम् भूमिका निर्वाह गर्नु अति नै आवश्यक छ ।

परिकल्पना

जब दाईजोप्रथा जस्तो कुष्ठरोग समाजबाट सखाब हुनेछ तब मात्र समाज सभ्य हुन सक्छ । छोरीहरुले उच्च शिक्षा हासिल गर्नेछिन् र पैतृक सम्पत्तिमा अधिकार पाउनेछिन् । जसले गर्दा छोरीहरुको आत्मविश्वास बढ्छ । जसको फलस्वरूप छोरा र छोरी शैक्षिक रुपले समान हुनेछन् र बेहुला बेच्ने कार्य बन्द हुनेछ । जसले गर्दा दाईजोप्रथा मुक्त समाजको सृजना भइसकेपछि दाईजोकै कारण भविष्यमा फेरि कुनै हासरुनलाई जलाईदैनन् र कुनै आईशालाई आत्महत्या गर्नु पर्दैन । शिक्षित समाज हुन्छ र शिक्षित समाजमा यदि कसैले यस्ता खाले अपराध गर्न खोज्छ भने कानून बमोजिम दण्डित गरिनेछ । दाईजोप्रथा मुक्त एउटा असल समाजको निर्माणको थालनी हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया