
लुम्बिनी प्रदेशको धम्बोझी क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ । बिहिबार भएको खेलमा फुटबल प्रतियोगिताको बिहिबार भएको खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लब विजयी भएको छ । धम्बोझीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । खेलमा निसान लिम्बुले ह्याट्रिक गरे । उनले ९,३५ र ८८ औ मिनेटमा गोल गरे । जित सँगै धम्बोझीले लगातार दुइ खेल जितेर ६ अंक जोडेको छ ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।