
नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित विशेष योजना अघि सारेको थियो । जस अन्तर्गत भाग्यशाली विजेताहरुलाई अग्नि इन्कर्पोरेटेड नेपालगंज शाखामा एक कार्यक्रम आयोजना गरी बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) हस्तान्तरण गरिएको थियो।
नेपालगन्ज स्थित होटेल सेन्ट्रल प्लाजामा आयोजित उक्त कार्यक्रममा श्री आषिश जोशि , नेपालका लागि कन्ट्री म्यानेजर–महिन्द्रा एन्ड महिन्द्रा इन्डिया, श्री बरदान बस्नेत, उप निर्देशक–अग्नी इन्कोर्पोरेटेड प्रा. लि., साथै श्री रामेश्वर महर्जन, सहायक महाप्रबन्धक–अग्नी इन्कोर्पोरेटेड प्रा. लि., को उपस्थितिमा सोमबार फाल्गुन २४ गतेका दिन विजेताहरुलाई बम्पर पुरस्कार हस्तान्तरण गरिएको थियो ।
यसै योजनाको एक अंशका रूपमा २८ पुस २०७७ का दीन शहिदभूमि, धनकुटाका योग राज राई र नेपालगंजका निरन्जना चौधरी र राम बहादुर कामी सहित ३ भाग्यशाली विजेताहरुका नाम ‘लक्की ड्र’ कार्यक्रममा नेपालका ख्यातिप्राप्त क्रिकेटर र नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अग्नि इंकका ब्रान्ड एम्बेसेडर श्री पारस खड्काले निकालेका थिए ।
महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गर्ने सम्पुर्ण गा्रहकहरुलाई जीवन बिमा (रु ५ लाखको दुर्घटना बिमा र १ लाख रुपैयाँको स्वास्थ्य बिमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो । यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर)े ३ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्था गरिएको थियो ।