इन्सेक तथ्यांक : बाँकेमा १ सय ३ र बर्दियामा ७३ पीडित

सन् २०१९ मा मानवअधिकार उल्लंघटनाका घटनामा २ सय ९ पीडित भएकोमा सन् २०२० मा १ सय ३ जना पीडित भएको तथ्यांक इन्सेकले अभिलेखिकरण गरेको छ ।

बाँकेमा सन् २०१९ को तुलनामा सन् २०२० मा मानवअधिकार उल्लंघनका घटनामा कमी आएको तथ्यांकले देखाएको छ । इन्सकले अभिलेखिकरण गरेको सन् २०१९ को तुलनामा सन् २०२० मा मानवअधिकार उल्लंघनका घटना कम अभिलेखिकरण भएका छन् ।
इन्सेकको तथ्यांक अनुसार, सन् २०१९ मा अन्य पक्षबाट भएको मावअधिकार उल्लंघन, ज्यादतीका घटनाबाट १ सय ४८ महिला, ४५ पुरुष सहित १ सय ९३ र राज्य पक्षबाट १६ जना गरी २ सय ९ जना पीडित भएका छन् । सन् २०२० मा भने अन्य पक्षबाट ८९ महिला, पाँच पुरुष सहित ९४ जना र राज्य पक्षबाट ९ जना पुरुष पीडित भएको इन्सेकको अभिलेखिकरण भएको छ ।

बर्ष २०२० मा कोरोनाको संक्रमणकालमा पनि मानवअधिकार उल्लंघनका घटना भएपनि अघिल्लो बर्ष सन् २०१९ को तुलनामा कमी आएको छ । लकडाउनका कारण पनि मानवअधिकार उल्लंघनका घटनामा कमी आएको अनुमान गरिन्छ ।

इन्सेकले महिला तथा बालबालिकामाथि हुने अपराधका घटनामा कमी आउन नसकेको चिन्ता समेत व्यक्त गरेको छ । प्रत्येक बर्ष मानवअधिकार उल्लंघनका घटना अभिलेखिकरण गरेर मानवअधिकार बर्ष पुस्तक सार्वजनिक गर्दै आएको इन्सेकले सन् २०२० मा बालअधिकार हनन्का २२ जना पीडित भएको अभिलेखिकरण गरेको छ । सन् २०२० मा यौन दुव्यवहारका घटनामा तीन जना, बलात्कार घटनामा ६ जना, बेचबिखन तथा ओसारपोसार घटनामा ६ जना, बालिका पीडित भएको र अपहरण घटनामा एक बालक पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।

सन् २०१९ मा ३० जना पीडित भएका थिए ।

बर्दियामा ७३ पीडित

सन् २०२० मा बर्दियामा मानवअधिकार उल्लंघनका घटनामा ७० जना पीडित भएको इन्सेकले जानकारी दिएको छ । मानवअधिकार उल्लंघन र ज्यादतिका घटनामा अन्य पक्षबाट ६६ जना महिला, राज्यपक्षबाट १ जना महिला, ६ जना पुरुष सहित सात जना पीडित भएको इन्सेकमा अभिलेखिकरण भएको हो ।


इन्सेकको बर्ष पुस्तकका अनुसार, सन् २०२० मा बाल अधिकार हननका घटनामा ३३ पीडित भएका छन् । जसमध्ये बलात्कारका २२, यौन दुव्र्यवहारका ६, बेचबिखन तथा ओसारपोसारका ४, बाल विवाहका १ घटना रहेका छन् ।

महिला अधिकार हननका २० वटा घटना भएकामा बलात्कारका १३, बलात्कार प्रयासका ५, यौन दुव्र्यवहारका २, बेचबिखन तथा ओसारपसारका १, बोक्सी आरोपको २, बहुविवाहको ५ र घरेलु हिंसाका २ रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया