नजिकिंदै फोटो फेस्टिवल

तयारी तीव्र, फोटो आउने क्रम जारी
आगामी मंगलवार र बुधवार नेपालगन्जमा आयोजना गर्न लागिएको दोस्रो नेपालगन्ज फोटो फेस्टिवलको तयारी तीव्र पारिएको आयोजक अन्तरालले जनाएको छ ।
आयोजकका अनुसार, फेस्टिवलमा फोटो प्रतिस्पर्धा, फोटोग्राफी वर्कसप, अन्तरक्रिया र फोटो प्रदर्शनी गरिनेछ । यसवर्ष देखि स्ट्रिट फोटो डिस्प्ले पनि गरिनेछ । लुबिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा खिचिएका फोटोहरु फेस्टिवलको प्रतिस्पर्धाका लागि खुला गरिएको छ ।
विभिन्न जिल्लाबाट सहभागीलेमा पठाएका फोटोहरु मध्येबाट छानिएको १ सय ५१ फोटोहरु प्रदर्शनीमा राखिने भोलि शनिवार फोटो पठाउन सकिने अन्तरालले जनाएको छ । प्रतिस्पर्धामा छानिएका फोटोहरु मध्ये प्रत्येक विधामा १ वटा विधागत रुपमा उत्कृष्ट फोटोको रुपमा पुरस्कृत हुनेछन् ।


फेस्टिवलमा ६ वटा विधामा प्रतिस्पर्धा हुने जनाइएको छ । दैनिक जीवन, संस्कृति र पर्यटन समाचार, वन्यजन्तु र प्रकृती , खेलकुद तथा नेपाल स्माइल, (खुशी उत्साह र उमंग झल्किने फोटोहरु ) प्रतिस्पर्धामा समावेश गरिनेछ । सबै फोटोहरु मध्ये सर्वोत्कृष्ट फोटोले बर्ष फोटो उपाधी पाउनेछ भने २५ हजार नगद पुरस्कार राशी उपहार सहित विशेष सम्मान गरिनेछ । ‘देशैभरबाट उत्साहजनक ढंगले फोटोहरु आइरहेका छन्,’ फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले दैनिक नेपालगन्जसँग भने ‘पर्यटक प्रवद्र्धनमा टेवा पु¥याउने र फोटोग्राफीको विकाश गर्नु हाम्रो उदेस्य हो ।’
दुई दिन सम्म चल्ने फेस्टिवलामा सहभागिताकालागि सबैलाई आमन्त्रण गदै शाहले भने –यो फेस्टिवलका दौरान आयोजना हुने फोटोग्राफी कार्यशाला फोटोग्राफी गर्न चाहनेहरुकालागि निकै उपयोगी हुनेछ ।’
नेपाल फोटो पत्रकार क्लबका अध्यक्ष वरिष्ठ फोटो पत्रकार विकाश कार्की नेतृत्वको टिमले प्रतिस्पर्धामा सहभागी फोटोहरु मध्ये छनोट गरि पुस्कृत गर्नेछ भने यही टिमले कार्यशालाको सहजीकरण गर्नेछ । फेस्टिवलको दैरान प्रदर्शनीमा सहभागी फोटो ग्राफरहरुमा ती फोटो खिच्दाका रोमाञ्चकारी अनुभवहरु वारे अन्तरक्रिया हुनेछ । होटल वाटिका परिसरमा यस पटकको फोटो फेस्टिवल गरिंदैछ ।

प्रतिक्रिया

प्रतिक्रिया