बाँके ः अपेक्षितले लगाए खोप, थप २ मा कोरोना पुष्टि

बाँकेमा दोस्रो चरणको खोपमा अपेक्षा गरे अनुसारले खोप लगाएका छन् । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले दिएको जानकारी अनुसार, दोस्रो चरणमा निर्धारित लक्ष्यको ९५.५ प्रतिशतले खोप लगाएका छन् ।


जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका कोरोना फोकल पर्सन तेज ओलीले दोस्रो चरणमा ४ हजार ७ सय ९५ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ४ हजार ५ सय ६३ ले खोप लगाएको जानकारी दिएका छन् ।


यसैबीच शनिबार बाँकेमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । हाल बाँकेमा कोरोना संक्रमित भई उपचारमा रहेकाको संख्या ९ जना मात्रै रहेको छ । जसमध्ये होम आइसेलेसनमा ४ र भेरी अस्पतालमा रहेकाको संख्या ५ रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया