यात्रु लियर उड्यो नेपालगन्जबाट पोखरा चाटर्र विमान

निजी क्षेत्रको पहलबाट पहिलो पटक नेपालगन्ज–पोखरा उडान भएको छ । शुक्रबार विमान यहाँका पर्यटन व्यवसायी, सञ्चारकर्मी र जनप्रतिनिधिलाई लिएर पोखरा उडेको हो ।
नाटा बाँके च्याप्टर र गण्डकी प्रदेश नाटाको पहलमा नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज उडान सुरु भएको हो ।

विगत लामो समयदेखि निजी क्षेत्रबाट सरकारकै पहलमा नियमित नेपालगन्ज–पोखरा नियमित उडानको प्रयास भएपनि सफल हुन सकेको थिएन । सरकारी स्तरबाट उडानमा चासो नराखिएको भन्दै व्यवसायी आफैले नेपालगन्ज–पोखरा उडानको पहल गरेका हुन् । जसअन्तर्गत आज चार्टर विमान नेपालगन्जबाट पोखरा जाँदैछ ।

प्रतिक्रिया

प्रतिक्रिया