प्रदेश स्थापना दिवसमा ५८ सम्मानित

लुम्बिनी प्रदेश सरकार ३ बर्ष पुगेको अवसरमा लुम्बिनी प्रदेश सरकारले बिभिन्न क्षेत्रमा बशिष्ट योगदान गर्ने ५८ जनालाई विभुषित गरेको छ । विभुषित हुनेमा बाँकेका बसन्धरा ज्ञवाली गौतमका साथै राजनैतिककर्मी रोमहर्ष धिताल, वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी, निल सागर बृद्धआश्रमकी संचालक सरिता खनाल लगायत रहेका छन् ।

भेरी अस्पताल नेपालगन्जमा अस्पताल नसिङ्ग निरिक्षकको पदमा कार्यरत बसन्धरा ज्ञवाली गौतमलाई कोभिड १९ संक्रमितको उपचारमा योगदान पु¥याए वापत प्रदेश सेवा समर्पण पदक (ख) द्वारा बिभुषित गरिएको हो ।

स्वतन्त्र सार्वभौमसम्प्रभु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश सरकारका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख माननीय धर्मनाथ शाहले सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र आन्तरिम मामिला तथा कानून मन्त्री एवं पदक सिफारिस समितिका अध्यक्ष कुल प्रसाद केसीको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया