
एउटा प्रसिद्ध हिन्दी गित सम्भवत हामी धेरैले सुनेका छौं ‘झुमका गिरारे बरेली के बजार मे’ हो भारत को उत्तरप्रदेश राज्यको एहि बरेली शहरलाई साइकलेको पर्वका रूपमा स्थापित हुँदै गएको “टुर डे ठाकुरद्वार “साइकल यात्राले जोड्यो, गतबर्ष भारतको बरेली बाट २ जना साइकलयात्राका लागि सहभागी नेपालगन्ज आए भने यसबर्ष गतबर्ष आएका २ सहित थप एक जना साइक्लिस्ट सहित अन्य २ गरि ५ जना यसै कार्यक्रम मा सहभागी हुन नेपालगन्ज आए । १ दिन नेपालगन्ज र २ दिन बर्दिया को ठाकुरद्वारमा घुमे र मज्जाले रमाए अहिले सामाजिक संजालमा नेपालगन्ज र ठाकुरद्वार साइकल यात्रा का अनुभव र अनुभुती सहित उनीहरुले यहाँका घुमाइका फोटोहरु धमाधम पोस्ट गरिरहेका छन् ।
त्यस्तै भारत उत्तराखन्डको अर्को प्रसिद्ध पर्यटकीय शहर ‘तालोमे नैनिताल बाकी सब तलैया’ भन्ने गित ले भनेझैं नैनितालका साइक्लिस्ट शैलेन्द्र शाह जिले गतबर्ष टुर डे ठाकुरद्वारमा सहभागिता जनाउनु भएको थियो भने यसबर्ष नेपालगन्ज हिड्ने सबै तयारी पुरा गरेर हिड्नै लाग्दा आफ्नो नजिकको आफन्तजनको देहान्त भएका कारण यो बर्षको कार्यक्रममा सहभागी हुन सक्नु भएन तर ठाकुरद्वारको सन्देश सहित काठमाडौ बाट टुर डे ठाकुरद्वार मा सहभागी हुन आएका कवि महर्जन, बाबुराजा महर्जन, रामनाथ महर्जन, भरत शाक्य र धनगढीका भरत बिक्रम शाहले यो कार्यक्रम पछि नैनिताल पुगेर साइकल यात्रा गर्दै नेपालगन्ज र ठाकुरद्वारको सन्देश प्रवाह गरे यसरी साइकलको चेनले हाम्रो छिमेकी मुलुक भारतका दुई शहरलाई नेपालगन्ज सङ्ग जोडेको छ ।
यसपटक बरेलिबाट रभिन्दर सिह ओभरायले आफ्ना छोरा समेत लिएर आए भने अर्का साइकल यात्री सन्जिभ जिन्दलले साथमा अभिषेक द्विबेदिलाई साथमा लिएर आए भने अर्का साइक्लिस्ट मनजिभ सिह पनि आए नैनितालका साइक्लिस्ट शैलेन्द्र शाह यसपटक सहभागी हुने परिवेश नमिलेकोले खिन्न भएपनि सामाजिक संजाल बाट दिनहुँ हाम्रो गतिविधि नियाल्न छोडेनन यसरी शहर शहर त जोड्यो नै साइकलको चेनले भावनात्मक सम्बन्ध पनि निकै बलियो बनाएको छ यी माथि उल्लेखित सन्दर्भ त प्रत्यक्ष सहभागिता र भेटघाटको बिषयका भए अझै थुप्रै हाम्रा छिमेकी भारतीय साइक्लिस्टहरु सामाजिक संजाल मा जोडिएर समेत हामी सङ्ग नजिक हुनुभएको छ भने नेपाल घुम्न आउने इच्छा व्यक्त समेत गर्नुभएको छ यसपटक कै टुर डे ठाकुरद्वारमा समेत धेरैले नेपालगन्ज आउने इच्छा देखाउनु भएको थियो तर कोरोना लगायतका केही समस्याले उहाँ हरु यसपटक आउन सक्नु भएन आगामी बर्षहरुमा पक्कै पनि नेपालगन्जमा धेरै भारतिय शहरहरुबाट सहभागीहरु आउने बिश्वास उहाँहरुले दिलाउनु भएको छ ।