किन पक्राउ परिन् नेकपा नेतृ झाँक्री

प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई उनकै निवासबाट बिहीबार पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै सोधपुछका लागि बोलाएको थियो । तर, प्रहरीलाई झाँक्रीले पक्राउ पुर्जी लिएर आउन भनेपछि प्रहरी पूर्जी लिएर झाँक्रीलाई पक्राउ गर्न गएको थियो ।

महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाएर उनलाई पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ । यस्तो कसूर प्रमाणित भएमा कसूरदारलाई ७ वर्ष कैद वा ७० हजा रुपैयाँ जिरवाना वा दुबै सजाय हने व्यवस्था छ ।

नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबारे विवादित अभिव्यक्ति दिएकी थिइन् । त्यसैको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झाँक्री विरुद्ध अखिल नेपाल महिला संघले प्रहरीमा उजुरी दिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया