पत्रकारलाई खोप, बाँकेको निर्णय प्रदेश सरकारबाट हस्तक्षेप

भोलि मंगलबार बाँकेमा पत्रकारहरुका लागि लगाइने भनिएको खोप हालका लागि स्थगित गरिएको छ ।

संघीय सरकारको निर्णय बमोजिम मंगलबार बाँकेमा पनि खोप लगाउन जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले गरेको निर्णयलाई प्रदेश सरकारले हस्तक्षेप गरेर रोकेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले पत्रकार लागि पूर्व निर्धारित खोप हाल स्थगित भएको जानकारी दिएका छन् । पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले सोमबार दिउँसो भेरी अस्पतालमा पत्रकारका लागि मंगलबार खोप लगाइने भएकाले परिचय पत्र लिएर अनुरोध गरेको जानकारी पोष्ट गरेका थिए ।

पत्रकारलाई खोपका सम्बन्धमा पत्रकारहरुबाटै नकारात्मक टिप्पणी भएकाले पनि प्रदेश सरकारले रोकेको हुनसक्ने बताइएको छ । सामाजिक विकास मन्त्रालयले बाँकेमा पत्रकारलाई खोप लगाउने निर्णय स्थगित गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया