व्यवसायीको गुनासो, ‘राहत खोई ?’

होटल व्यवसायी महासंघ लुम्बिनीको प्रथम अधिवेशन २७–२८ चैत्र भालुवाङ्गमा
होटल व्यवसायीहरुको छाता संस्था, होटल व्यवसायी महासंघ लुम्बिनीको प्रथम प्रादेशिक अधिवेशन आगामी चैत्र २७ र २८ गते प्रदेश राजधानी भालुवाङ्गमा गरिने भएको छ ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेको अध्यक्षतामा शनिबार बसेको बैठकले नयाँ नेतृत्व चयन गर्ने गरी प्रदेश अधिवेशनको टुङ्गो लगाएको हो । महासंघका वरिष्ठ सल्लाहकार माधव नेपाल सहितका सल्लाहकारहरु समेतको उपस्थितिमा भएको बैठकले प्रदेश राजधानी बुटवलबाट भालुवाङ्ग सार्ने प्रदेश सरकारको निर्णय स्वागत गरेको छ ।


‘प्रादेशिक संरचनामा महासंघको कार्यालय स्थापनाका लागि सरकारसँग जग्गा सहयोग माग्ने निर्णय पनि गरिएको छ’, बैठकको निर्णय जानकारी दिंदै अध्यक्ष काफ्लेले दैनिक नेपालगन्जसँग भने, ‘प्रदेश अधिवेशन तयारीका लागि विभिन्न पाँच वटा तयारी समिति गठन गरिएको छ ।’
लुम्बिनी अन्तर्गतका रुकुम बाहेक सबै जिल्लामा संगठन बिस्तार गरिसकेको महासंघले कोरोनाबाट होटल व्यवसायीहरुलाई सरकारले कुनै राहत उपलब्ध नगराएको चिन्ता गरेको छ । ‘सबै जिल्लाका रिपोर्टिङ्गमा कोरोनाले व्यवसाय धराशयी पारेको उल्लेख छ’, अध्यक्ष काफ्लेले भने, ‘तर, सरकारले अभिभावकत्व निर्वाह गरेर अपेक्षित राहत दिन नसकेको गुनासो सबैको आयो ।’

प्रतिक्रिया

प्रतिक्रिया