बर्दियामा एकता अभियान जिल्ला समन्वय समिति गठन

बर्दियामा पार्टी एकता अभियान जिल्ला समन्वय समिति गठन गरिएको छ । आइतबार बर्दियाको गुलरियामा आयोजित भेलाले शर्मा चौधरीको अध्यक्षतामा १ सय १ सदस्यीय पार्टी एकता अभियान जिल्ला समन्वय समिति गठन गरेको हो ।

नेकपालाई फुटबाट जोगाएर एक बनाउनका लागि वामदेव गौतमको नेतृत्वमा एकता अभियान देशभर गठनको क्रममा रहेको एकता अभियान बर्दियाका इन्चार्ज पूर्ण शर्माले जानकारी दिए । उनले अभियानले नेकपा पार्टी एकताका पक्षमा देशभर महोल सिर्जना गर्न विभिन्न खालका गतिविधि गरिने जानकारी दिएका छन् ।

अभियान अन्तर्गत बर्दियामा अभियानको सहसंयोजकमा हरी अधिकारी, अंगद श्रेष्ठ सचिव तथा प्रवक्ता, बिनोद कुमार परियार सहसचिव, लाल प्रसाद खरेल कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया