प्रविन हत्या काण्डः परिणाम नजिक प्रहरी

हत्याको तीन साता पुग्नै लाग्दासमेत औपचारिक विवरण दिन नसकेको बाँके राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका सहायक सूचक प्रविन थापा मगर हत्या घटनामा परिणाम नजिकै पुगेको खुलासा गरेको छ ।


बाँके प्रहरीको अनुसन्धानलाई सघाउन महानगरीय अपराध महाशाखा काठमाडौको टोलीले एक जनालाई पक्राउ गरेर पठाएपछि हत्या घटनाको गाँठो फुक्दै गरेको खुलासा सम्बद्ध अधिकारीले गरेका हुन् । नेपालगन्ज ६ का १८ वर्षीय विवेक परियारलाई भक्तपुरबाट पक्राउ गरेसँगै उनैको बयानका आधारमा घटनामा संलग्नहरुलाई थप खोजीकार्य गरेको प्रहरीले नेपालगन्ज वसपार्कका ३ जना र कैलालीबाट २ जनालाई शनिवार पक्राउ गरेको दावी गरिएको छ ।


गत माघ २ गते नेपालगन्ज काँरकादोको पूर्व तर्फको खेतमा राष्ट्रिय अनुसन्धानका सिपाही प्रविनको शव फेला परेसँगै बाँके प्रहरीले घटनाबारे कुनैपनि आधिकारिक सूचना बाहिर दिएको छैन । ‘सबै घटना विवरण तपाईहरुलाई बोलाएरै सार्वजनिक गरिनेछ,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरिक्षक ओम बहादुर रानाले नेपालगन्जन्यूजसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया